Sunday 16th August 2026

विमानस्थलमा तोडफोडको आरोपमा सांसद प्रमोद साह पक्राउ


तितोपाटी- प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् ।

जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए । उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए ।

जनकपुर विमानस्थलमा तोडफोडमा उत्रिएका साह विरुद्ध प्रहरीको उजुरी परेको थियो । सोमबार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । साहले विमानस्थलमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुसामा उजुरी दर्ता गराएको हो ।

विमानस्थल कार्यालयमा तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत उनीमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...