Saturday 20th June 2026

बिश्वकर्मा समाजसँग नमुना बिश्वकर्मा समाजले गरेको एकता मान्दैनाै भन्दै बिश्वकर्माहरू नै विरोधमा


तितोपाटी – गत महिना मात्रै एकता गरी बिश्वकर्मा एकता समाजको रूपमा एकिकृत भएका २ बिश्वकर्मा समाजहरू बिश्वकर्मा समाज नेपाल-कुवेत र नमुना बिश्वकर्मा समाज नेपाल नेपाल-कुवेतले एकताको सन्देश दिन खोजेको एक महिना पनि पुग्न नपाउँदै नमुना बिश्वकर्मा समाजले गरेको एकता मान्दैनाै भन्दै उक्त समाज भित्र रहेका बिश्वकर्मा युवाहरू नै विरोधमा उत्रिएका छन् । २ बिश्वकर्मा समाज एकता हुनको लागि “बिश्वकर्माहरू दलित होइनन्” भन्ने मुल एजेण्डालाइ अात्मसात गर्दै दलित सँग सम्बन्धित अन्य संगठनहरूबाट नअलग्गिए सम्म एकता नहुने अड्डि लिंदै युवाहरूले विरोध जनाएका हुन् ।

नमुना बिश्वकर्माको मुख्य एजेण्डा भनेको बिश्वकर्माहरू दलित होइनन् भन्ने रहेकोले समाजका कार्यकारीहरूले अन्य बिश्वकर्माहरूसँग एकता गरे पनि सहमत नभएका युवाहरूले नमुना बिश्वकर्मा कायम नै रहेको भन्दै साधारण सभा गरि सामुहिक हस्ताक्षर  हस्ताक्षर समेत संकलन गरेका छन् भने उनीहरूले बिरोध गरिरहे पनि संस्थागत लेटरप्याड र छाप नभएकोले अाधिकारिकता पुष्टि नभए पनि एकताको विरोधमा रहेका युवा मुक्त बहादुर बि क ले संस्थाका संस्थापक अध्यक्ष केबि बिश्वकर्मालाइ अध्यक्ष बनाएर संस्थाको पुनर्गठन गरेको जनाएका छन् ।

केहि दिन अघि बिश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष तथा महासचिवद्वार हस्ताक्षरित प्रेस विज्ञप्ति र अनलाइनहरूमा प्रकासि त समाचार प्रति  उक्त समुहको ध्यानाकर्षण भएको जनाउँदै अाफुहरूले कोही कसैलाइ गालीगलाैज नगरेको र समुहले अहिले अध्यक्ष बनाइएका पुर्व संस्थापक अध्यक्षलाइ संस्थाबाट निस्कासन गरिएको नभएर अध्यक्षले कार्य व्यस्तताले राजीनामा दिएको बताउँदै नमुना बिश्वकर्मा समाजले बिश्वकर्मा समाजसँग मिलेर गरेको एकतामा बिश्वकर्माहरू दलित होइनाै भन्ने मुल एजेण्डा बनाएर अघि बढे अाफुहरूमा कुनै कुनै गुनासो नहुने र वार्ताको लागि सदा तम्तयार रहेको समेत बताउँदै अब बिश्वकर्मा एकात समाज नेपाल कुवेतले दलित होइनौ र नेपालको संविधानबाट नै दलित बिल्ला खारेज गर्ने अभियानमा लाग्ने र दलित हौ भनेर हिड्ने जातिय संस्थासँग नजोडिने भन्ने लेखित प्रतिबद्धता जनाएर एकताको  प्रस्ताव गरे सहजै एकता स्वीकार्ने जनाउँदै एकताको विरोधमा अावाज उठाएका युवाहरूले अाफुहरूमा कुनै पदलोलुप्ता र इर्श्या नभएको बताउँदै नमुना बिश्वकर्मा समाज बचाउको पक्षमा काम गर्नको लागि जस्तो सुकै परिस्थितिमा पनि पछि नहट्ने बताउँदै एकताको विरोधमा लागेका युवाहरूको साधारण सभाले अध्यक्ष मनोनित भएका संस्थापक अध्यक्ष केबि बिश्वकर्माले हस्ताक्षर गरेर प्रेश नोट समेत सार्वजनिक गरेका छन् भने संस्थापन पक्षसँग लेटरप्याड र छाप समेत माग गरिएको उनीहरूले जनाएका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...