Thursday 29th October 2026

जेठानीद्वारा छुरा प्रहार गरी देवरानीको हत्या,पछि आफैमाथि गरिन् छुरा प्रहार


तितोपाटी- धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

सोमबार साँझ घरायसी विवादको कारण जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा छुरा प्रहार गरेकी थिइन् । त्यसपछि जेठानी सुनौलले स्वयम आफ्नै पेटमा समेत आफैले छुरा प्रहार गरी घाइते भएकी छन् । उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा ल्याएको बेला देवरानी सहानीको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । यस्तै आफ्नै छुरा पेटमा प्रहार गरी गम्भीर घाइते भएकी जेठानी सुनौलको उपचार जनकपुर अंचल अस्पतालको आईसियुमा भइरहेको जनाएको उहाँले बताउनुभयो ।

मृतक सहानी सुनौलकी कान्छो देवर विवरण राईनकी श्रीमती हुन् । मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साभार सौराहा अनलाइन


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...