Thursday 10th September 2026

नगरपालिकाको खर्च– चिया पिउँदा ३० लाख सकियो


तितोपाटी- केन्द्रिकृत राज्य प्रणालीलाई विकेन्द्रीकरण गरिएपछि स्थानीयको घरदैलोमै राज्यको सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका स्थानीय तहका जनप्रतिनिधि सेवा प्रवाहभन्दा जथाभावी खर्चमा बढी केन्द्रित भएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी गर्ने खर्चका कारण स्थानीय जनता पनि निराश हुँदै गएका छन् । ‘गाउँ गाउँमा सिंहदबार’ भनेर चित्रित गर्न खोजिएका स्थानीय तहमा बढ्दो जथाभावी खर्चको उदाहरण बैतडीको मैलौली नगरपालिकामा पनि देखिएको छ ।

मेलौली नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको पारिश्रमिक, भत्ता र खाजा तथा खानामा मात्रै २ करोड खर्च गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाको कूल पूँजीगत बजेट ११ करोड रहेकोमा झण्डै २ करोड रुपैयाँ जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता तथा खाना र खाजामा खर्च भएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले १ वर्षमा ३० लाख रुपैयाँको चिया मात्रै पिएका छन् ।

नगरपालिकाले चिया–नास्ता शीर्षकमा ३० लाख रुपैयाँ खर्च भएको देखाएको छ ।

नगरपालिकाको कूल ११ करोडमध्ये गत वर्ष १० करोड बढी बजेट खर्च भएको थियो । तर, पूँजीगत खर्च भएका धेरै आयोजनामा अस्वभाविक मूल्याङ्कन र अनियमितता भएको स्थानीयको आरोप छ । नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माणमा २ करोड खर्च गरेको जनाइएको छ । तर, उक्त भवनको निर्माण कार्य अझै सकिएको छैन । यस्तै, सडक र पुल निर्माणमा २ करोड ७० लाख खर्च भएको जनाइएको छ ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...