Wednesday 9th September 2026

भारतमा बेचिएका बालक चौधरीको उद्धार


तितोपाटी- भारतको हिमाञ्चलमा बेचिएका दाङ तुलसीपुर उपमहानगरपालिका बिजौरी घर भएका १४ वर्षीय विशाल चौधरीको उद्धार गरिएको छ।

हिमाञ्चलस्थित शिमलाको पुजालीबाट सञ्चारकर्मी दीपेन्द्र बस्नेत र सामाजिक अभियन्ता अमर बिष्टको सक्रियतामा चौधरीको सकुशल उद्धार गरिएको हो।

भारतको लखनऊका गौरव श्रीवास्तवको सहयोगमा विशालको उद्धार गरी नेपाल ल्याउन लागेको सञ्चारकर्मी बस्नेतले राससलाई बताए। मानव ओसारपसार गर्ने गिरोहको जालमा परेर २०७५ चैतमा विशाल हिमाञ्चल पुगेका थिए। उनले भने, ‘मानव ओसारपसार गर्नेहरुविरुद्ध कारवाहीका लागि सम्बन्धित निकायसँग पहलका लागि आग्रह गरिनेछ।’


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...