Wednesday 9th September 2026

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक


तितोपाटी- नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ ।

उनका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । अर्घाखाँचीमा जन्मिएका दिवङ्गत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

आचार्यको श्रद्धाञ्जलिका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेता र पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए । यसैबीच महासङ्घका महासचिव रमेश विष्ट तथा प्रेस सङ्गठन, नेपालका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले अलग अलग शोक वक्तव्य जारी गरी आचार्यको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...