Wednesday 6th May 2026

फेरि अनसन बस्दै गंगामाया


प्रेम पुन्थोकी, काठमाण्डौं – छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाइन्। ‘आफु न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिवन्ध लगाउने काम भएको छ र पटक पटक पत्रकार भेट्न खोज्दा दिइएको छैन।’


नागरिकसँग कुरा गर्दै उनले भनिन् ‘बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।’ उनले आफुले नसके पनि छोराले न्याय खोज्छ भन्ने लागेको मा छोरालाई पनि राज्यले नियतवश कैदी बन्दी बनाएर राखेको आरोप लगाइन्। ‘मेरो छोरा कैदीबन्दी बनाएर राख्ने कुनै अपराध गरेको छैन तर राज्यले बन्दी बनाएर राखेको छ’  हैरानी दिएको छ।’ अधिकारीले भनिन् ‘ राज्यले पीडामा मलम लगाउला भन्दा झनै पीडा थपेको छ।’

‘न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा मलाई प्रतिबन्ध लगाउने काम भएको छ। बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।’

उनले आफुलाई राज्यले जवरजस्ती सुविधा दिएर फकाउन खोजेको भन्दै आफ्नोे माग पुरानै भएको र गंगामाया राज्यको सुविधा लिएर साइड लाग्छे भनेर नसोचे हुने बताइन्। ‘यदी त्यस्तोे सोचेको भए त्यो राज्यको भ्रम मात्र हो , मैले आठ वर्ष भयो अन्न नखाएर पानी पिठो खाएर न्याय मागेर बसेको मैले राज्यसँग न्याय मागेको हो सुविधा हैन।’ उनले राज्यले राहात र सुविधा दिने निर्णय गरेको आफुले थाहा पाएको तर आज सम्म आफुले त्यो सुविधा नलिइएको र कहिल्यै नलिने बताइन्।

आफुलाई न्याय दिने राज्य हराएको भन्दै उनले प्रश्न  गरिन् ‘ राज्य कुन संसारमा छ ? मैले कुनै व्याक्तिसँग हैन राज्यसँग न्याय मागेको हो। छोरा मार्ने अपराधीलाई कारवाही गर भन्दा उल्टै लोग्ने गुमाएको छु। यतिले पनि नपुगेर छोरा कैदी बन्दी बनाएर राखेको छ।’ आफुलाई यो अवस्थामा ल्याउने शक्ति सत्तामा भएर आज यो पिडा दिइएको उनको भनाई छ। ‘न्यायको लागि फेरी अनसन बस्छु , मेरो मागको सुनुवाई नगरेरै मलाई राज्यले मार्न खोजेको हो भने मलाई भन्नु केही छैन।

न्याय दिनुपर्नेमा उल्टै राज्यले दोषीलाई छुटाएर निर्दोष सावित गर्न खोजेको छ।’ उनले भनिन् ‘ पीडितले न्याय पाउनु पर्दैन ? मैले मेरो श्रीमानको कुहिइएको लास माथि टेकेर राज्यले कुन दुलामा बसेर हेरेको छ ?। उनले आफ्नो न्यायका लागि अन्तराष्ट्रिय सहयोग खोजेको संकेत गर्दै भनिन् ’मलाई न्याय दिन नसक्ने यिनलाई कुनै देशको कुनै ठाउँको व्याक्ति आएर हतकडी लाउँछ की , मेरो श्रीमानको लासले भए पनि न्याय त खोजेको छ नी ?

उनले आफुहरु राज्यको ढुकुटीबाट सुविधा लिन अनसन नबसेको भन्दै आफ्नो छोरालाई एक वर्षदेखि अदालतको मानहानीको आरोपमा सजाय दिएकोमा आक्रोश पोख्दै भनिन् ‘मेरो छोराले त्यस्तो के अपराध गरेको छ ? संविधान जलाउनेहरु निर्दोष हुने , मेरो छोरा दोषी हुने यो कस्तो न्याय हो ? मेरो गल्ती छ भने यो भन्दा अझै ठुलो सजाय के दिनु छ देओस्।’

वीर अस्पतालको सात नं क्याविनमा बस्दै आएकी अधिकारी आफ जहाँ रहे पनि अनसन बस्ने बताइन्। ‘राज्यले जहाँ लान्छ र जस्तो अवस्थामा राख्छ, त्यही अनसन बसेर मर्दिन्छु , अब न्याय नपाउँदा सम्म छाड्दिन।’ शनिवारदेखि औपचारिक रुपमा अनसन बस्ने योजना बनाएकी अधिकारीले भनिन् ‘ अब आफ्नो अन्तिम माग नै छोराको हत्यामा संलग्नहरुलाई कारवाही नै हो। ’

मानव अधिकारवादी अधिवक्ता आशिकराम कार्कीले अधिकारी कैदी बन्दीको नभएकोलेउनलाई मिडियामा जान खोज्दा र मिडियामा आफ्ना कुरा राख्न खोज्दा प्रतिबन्ध लगाइनु मानव अधिकारको उलंघन भएको बताए। मानव अधिकारवादी चरण प्रसाई नागरिकको मौलिक हकको हनन् गर्दै अधिकारी हिडडुल गर्न र आफ्ना विचार राख्न रोक लगाउने प्रयत्न भएको आरोप लगाए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...