Wednesday 29th July 2026

सवारी दुर्घटनामा परि अमेरिकामा ३ नेपालीको मृत्यु


तितोपाटी – अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परि नेपालबाट घुम्न गएका बाआमासहित छाेरीकाे मृत्यु भएकाे हो । त्यहाँकाे मिजुरी राज्यमा मंगलबार भएको साे दुर्घटनामा नेपालका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालकाे मृत्यु दुर्घटनामा चार वर्षीय बालक र सवारी चालक गम्भिर घाइते भएका छन्। घाइतेमध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मिजौरीको स्थानीय समय अनुसार मंगलवार करिब २ बजेर ५५ मिनेटको समयमा हाइवे ४४ मा भएको दुर्घटनामा स्थानीय ब्ल्यु स्प्रिङ्ग्स भन्ने ठाउँमा बस्ने तीन नेपालीको घटनास्थलमा नै मृत्यु भएको हो। गोविन्द खनालको दुर्घटनास्थलमा नै निधन भएको थियो भने श्रद्धा र उनकी आमा शान्ता खनालको उपचारका लागि अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो।

स्थानीय जोप्लिन प्रहरी विभागले जनाए अनुसार दुर्घटनामा सवारी चालक श्रद्धाका पति प्रभाश ओझा र ओझा दम्पतिका ४ वर्षीय छोरा सौर्य ओझा गम्भिर घाइते भएका छन्। घाइते मध्ये बालक सौर्यको स्थिति चिन्ताजनक रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार, सिल्भर रंगको टोयोटा र्याभफोर गाडी हाइवेमा दुर्घटना भएको हो। ओझाले चलाएको सोही गाडीलाई पछाडिबाट आएको सेतो रंगको टोयोटा पिक अपले ठक्कर दिएको थियो। दुर्घटनाकोबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको थियो। मृतकका आफन्तका अनुसार सन् २०१२ मा डिभी परेर श्रद्धाको परिवार अमेरिका आएका थिए। श्रद्धाका बुवा आमा भने करीब तीन महिना पहिला मात्र अमेरिका आएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...