Wednesday 9th September 2026

नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापान उडानमा कटौती


नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापानको उडान कटौती गरेको छ। निगमले भदौ १२ गतेदेखि काठमाडौंबाट जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो।

निगमले हरेक बिहीबार, मंगलबार र शनिबार काठमाडौंबाट जापान उडान सुरु गरेको थियो। पहिलो दुईवटा दुईतर्फी उडानपछि नै निगमले हरेक बिहीबारको उडान कटौती गर्ने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।

‘जापानको सुरुवाती उडान भएपनि दसैंको मुख परेकोले काठमाडौंबाट जापान जाने यात्रुको संख्या कम देखियो, जापान जाँदाको तुलनामा फर्कदा सन्तोषजनक यात्रु आइरहेका छन्’, उनले भने,‘काठमाडौंबाट जाँदा १०० जनाभन्दा कम यात्रु मात्रै भइरहेको भएपनि बिहीबारको उडानमा भने यात्रुको बुकिङ न्यून देखियो।’

जहाज खाली उडाउनुभन्दा एक महिनाको लागि हरेक बिहीबारको उडान कटौती गरेर सातामा दुईवटा मात्रै उडान गर्नेे निर्णय निगमले गरेको जानकारी मिश्रले दिए। मिश्रका अनुसार यात्रुको चाप बढेको अवस्थामा र आवश्यकता हुँदा चारवटा उडान पनि गर्न निगम तयार रहेको छ। तर, सुरुवाती उडान खाली उडाउँदा घाटामात्रै हुने भएकोले साताको मध्य विन्दूको उडानलाई कटौती गरिएको हो।

अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...