Friday 25th September 2026

एटीएम ह्याक प्रकरण: चिनियाँ समूहका थप ४ जना पक्राउ


तितोपाटी-नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले थप ४ जना पक्राउ परेको पुष्टि गरे । उनका अनुसार शनिबार राति पक्राउ परेका ५ जना चिनियाँहरुको बयानका आधारमा ३ जनालाई ठमेलबाट पक्राउ गरिएको हो । अर्को १ जनालाई भने अध्यागमन विभागको मद्दतबाट पक्राउ गरिएको एसपी सिंहले बताए ।

‘अहिले थप ४ जना पक्राउ परेका छन् । उनीहरुलाई यहाँ (महानगरीय प्रहरी परिसर) ल्याउने काम भइरहेको छ । यहाँ पुर्‍याएर प्रारम्भिक अनुसन्धान गरेपछि थप केही खुल्छ,’ एसपी सिंहले भने ।एसपी सिंहका अनुसार अध्यागमन विभागको सहयोगमा पक्राउ परेका व्यक्ति भने प्रहरीको फरार सूचीमा थिए । एटिएम ह्याक प्रकरणमा प्रहरीले ३ जनालाई फरारको सूचीमा राखेको थियो । जसमध्ये १ जना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो भने सोहीमध्येका अर्का १ जना सोमबार पक्राउ परेका हुन् ।

एसपी सिंहले पक्राउ परेका ४ जना नै चिनियाँ नागरिक भएको जानकारी आएको बताए । यद्यपि थप अनुसन्धान हुन भने बाँकी रहेको सिंहको भनाइ छ ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...