Tuesday 6th October 2026

रवि लामिछानेविरुद्ध दायर भएको मानहानीको मुद्दा खारेज


तितोपाटी-टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध दायर गरिएको मानहानीको मुद्दा खारेज भएको छ ।

निर्मला पन्त प्रकरणबारे न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा समावेश विषयलाई लिएर कञ्चनपुर जिल्ला अदालतमा अदालतको अपहेलना तथा मानहानीको मुद्दा दर्ता भएको थियो । निर्मला पन्त प्रकरणमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाई खड्गसिंह विष्टले रवि र अंगुरलाई विपक्षी बनाएर जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेका थिए ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाबारे कार्यक्रम प्रसारण गरेको तथा अनुसन्धानको क्रममा अभियोग प्रमाणित नभएर छुटे पनि आफ्ना भाईलाई अभियुक्त जस्तो गरी प्रस्तुत गरेको भन्दै खड्गसिंहले दुवै जनामाथि कारबाहीको माग गरेका थिए ।खड्गसिंहले शुरुमा दायर गरेको रिट निवेदन अदालतका श्रेस्तेदार हरिकृष्ण अबस्थीले खारेज गरिदिएका थिए । खड्कसिंहले पुनः सोही प्रकारको उजुरी दिएपछि दर्ता गरेर पेशीमा चढाइएको थियो ।

सो उजुरीमाथिको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलाशले राजिष्ट्रार अबस्थीकै निर्णयलाई सदर गर्दै मुद्दा खारेज गरिदिएको हो ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...