Friday 19th June 2026

आन्तरिक उडानका लागि एक घण्टाअघि विमानस्थल पुग्नुपर्ने


काठमाडौं विमानस्थलको आन्तरिक उडानमा नियम परिवर्तन भएको छ।विमानस्थलले यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्ब्याएको कारण उडान समयभन्दा १ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएको हो।

विमानस्थलमा नियम परिवर्तन भएको भन्दै एयरलाइन्सले यात्रुका लागि सूचना जारी गरेका छन् अन्तर्राष्ट्रिय उडानजस्तै सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई १ घण्टा अघि विमानस्थल पुग्न यति एयरलाइन्सले आग्रह गरेको छ।आन्तरिक उडानका लागि सामान्यतया ३० मिनेटअघि यात्रुहरू पुगे पनि हुन्थ्यो। पछिल्लो समय काठमाडौं विमानस्थलमा नियम परिवर्तन भएपछि आन्तरिक टर्मिनलमा यात्रुहरूको लामो लाइन लाग्ने गरेको छ।

त्विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार सुरक्षा जाँचमा कडाइ थालेको हो। नयाँ सुरक्षा जाँच लागू भएसँगै एक पटक जाँच भएको ब्यागेज यात्रुले उडान अवधिभर बोक्न पाउने छैनन्।

विमानस्थल प्रवक्ता प्रताप तिवारीले भने यो कुनै नयाँ व्यवस्था नभएर सुरक्षा जाँच प्रक्रियालाई कडाइ मात्र गरिएको बताए।

‘पहिले पनि जाँच हुन्थ्यो, अहिले थप प्रभावकारी बनाइएको हो,’ तिवारीले भने, ‘यसले समयलाई प्रभावित पार्दैन।’

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सूर्य उपाध्यायले साउन २० गतेदेखि सुरक्षामा कडाइ थालिएको बताए।

‘यात्रुहरूको सुरक्षा तथा प्रभावकारी चेकिङ प्रणालीलाई व्यवस्थित गर्न आइकाओको नियमअनुसार सुरक्षा जाँच गर्न थालिएको हो,’ उपाध्यायले भने।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...