Friday 30th October 2026

देउवा, भट्टराईलाई कमल थापाले लगाए लम्पसारबादको आरोप


भट्टराई- सिसाको घरमा बस्नेले झुपडीमा ढुंगा नहानौं

पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले कुटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेको विषयमा राप्रपाका अध्यक्ष कमल थापा र भट्टराईबीच जुहारी चलेको छ। देउवा र भट्टराई भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न बिहिबार उनी बसेकै होटेलमा पुगेका थिए।

जयशंकरसँगको भेटघाटको सो समाचार सार्वजनिक भएपछि राप्रपाका अध्यक्ष कमल थापाले देउवा, भट्टराई र उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारबादको नमुना पेश गरेको टिप्पणी गरेका थिए।

ट्वीटरमार्फत् आएको कमल थापाको टिप्पणीलाई ट्वीटरमै जवाफ दिँदै समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले देशको हितमा छिमेकीसँग खुल्ला सम्बन्ध राख्ने पक्षमा आफू रहेको बताएका छन्। उनले भनेका छन् ‘सिसाको घरमा बस्नेले अर्काको झुपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला! सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं!’

भट्टराईको जवाफलाई फेरि थापाले प्रतिउत्तर दिँदै खुल्ला र मित्रतापूर्ण सम्बन्ध बारे आफू सहमत रहेको ट्वीट लेखे। ‘खुला मित्रतापूर्ण सम्बन्धवारे मेरो मित्रको धारणासंग सहमत छु। त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो। सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रुपमा भेटेको अलि सुहाएन कि?’

थापाको यो प्रतिक्रियामा भट्टरााईले जवाफ दिइसकेका छैनन्। बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्वप्रधानमन्त्रीहरु देउवा, भट्टराई र वर्तमान उपप्रधनमन्त्री उपेन्द्र यादव उनी बसेकै होटेलमा पुगेका थिए। उनीहरुको यो भेटघाट कुटनीतिक मर्यादाबिपरित भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...