Thursday 27th August 2026

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौथो अधिवेशन कार्यक्रमको तयारी पुरा


तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतले नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन आउँदो शुक्रबार गर्ने भएको छ । फर्वानिया स्थित आइडियल अडिटेरियम हलमा हुने कार्यक्रममा लालीगुराँस सांस्कृतिक परिवारले कृष्णजन्माष्टमी तथा रोपाई जात्राको कार्यक्रम राखेको अध्यक्ष माधब पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी नृत्य, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।

उक्त दिनको कार्यक्रममा कुवेतमा कृयाशिल संघ संस्था, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पत्राचार गरिसकिएको भएपनि कारणवस पत्र वा निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थिति भैदिन आयोजकले अनुरोध गरेको छ ।

थप जानकारी
मिति:- २३ अगष्ट, शुक्रबार
स्थान:- आइडियाल अडिटेरियम हल फर्वानिया

समय:- दिउँसो १२.३० बजे


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...