Friday 30th October 2026

लायन्स क्लब द्वारा समाजसेवी जुनु पुन मगर सम्मानित


तितोपाटी-लायन्स क्लब अफ काठमाण्डौं नयाँबजारको स्थापना दिवसको अवसरमा समाजसेवी जुनु पुन मगरलाई सम्मान गरेको छ ।

लायन्स डिस्टिक्ट ३२५ वि १ (एमडी ३२५) नेपालका गर्भनर लायन इन्दु लम्सालले उर्जा शिल नारी एवं समाजसेवी पुन मगरलाई सम्मान गर्नु भएको थियो ।लायन्स क्लबको नारी विशेष सम्मान अन्र्तगत समाजमा उत्कृष्ट काम गरेको हुनाले उहाँलाई लायन नारी विशेष सम्मान २०७६ द्धारा सम्मान गरिएको हो ।

सम्मानित हुने जुनु पुन मगर विभिन्न संघ संस्थामा आबद्ध भई विगत लामो समय देखि आमा बुबा नहुने बालबालिकाको शिक्षा, स्वास्थ्य र लापनपालनको क्षेत्रमा काम गर्दै आउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन बाल कृष्ण बुर्लाकोटी, लायन क्लब काठमाण्डौं, नयाँ बजार गर्भनर उर्मिला थापा लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...