Wednesday 9th September 2026

१० लाख जनता उतारेर निजगढ विमानस्थल  शिलान्यास हुन्छ – योगेश भट्टराई


संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल  शिलान्यास गर्ने बताएका छन्। मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन्।

‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने। उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गरे। मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर गुरुयोजना निर्माण गरेर तिलौराकोट, रामग्राम र देवदहको विकास गरिने बताए।

कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने जिकिर उनको छ। फरक प्रसंगमा मन्त्री भट्टराईले सरकारले अब रफ्तार लिने दाबी गरे। ‘सरकारले ढिलो गति भएपछि दिशा सहि लिएको छ, अब रफ्तारमा अघि बढ्छ’, उनले भने।

साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने उनले बताए। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले  लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सैनामैना अवलोकन गरी कोषको बैठकमा सहभागीता जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...