Wednesday 26th August 2026

पाकिस्तानले बाघामा रेल रोकेपछि भारत जान लागेका ११० जना यात्री अलपत्र


पाकिस्तानले बिहीबार सुरक्षा चिन्ता भन्दै बाघामा रेल रोकेपछि भारत जान लागेका ११० जना यात्री अलपत्र परेका छन्। अलपत्र परेका यात्रुसहित रेल लैजानका लागि पाकिस्तानले भारतीय चालक र सुरक्षा गार्ड सीमामा पठाउन विकल्प समेत दिएको छ। दुई देशबीच १९७६ देखि भारतबाट दिल्लीदेखि अटारीसम्म र पाकिस्तानतर्फ लाहौरदेखि बाघासम्म रेल सञ्चालन हुँदै आएको थियो।

जम्मू काश्मिरलाई लिएर दुई देशबीच बढ्दो बिबादका बीच पाकिस्तानले भारत जाने रेल सीमामा रोकेको छ । भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले सुरक्षाको कारण देखाउँदै रेल पठाउन अस्वीकार गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले आफ्नो चालक र गार्डका साथ रेल पठाउन अस्वीकार गरेको हो। सम्झौता एक्सप्रेस नामक रेल अहिले बाघा सीमामा रोकिएको छ। पाकिस्तानी रेलमन्त्री शेख रशीदले पनि सुरक्षा चुनौतीका कारण रेल चलाउन नसकिएको उल्लेख गरेका छन्। उनले आगामी ३/४ महिना सुरक्षाको हिसाबले महत्वपूर्ण रहेको भन्दै रेल सेवालाई रोकिएको बताए। रेलमन्त्रीले सुरक्षा भनेर दुई देशको सम्भावित युद्धलाई संकेत गरेको बताइएको छ। इदमा मात्रै रेल चल्न सक्ने मन्त्री रशीदको भनाई छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...