Monday 19th October 2026

पाकिस्तानले बाघामा रेल रोकेपछि भारत जान लागेका ११० जना यात्री अलपत्र


पाकिस्तानले बिहीबार सुरक्षा चिन्ता भन्दै बाघामा रेल रोकेपछि भारत जान लागेका ११० जना यात्री अलपत्र परेका छन्। अलपत्र परेका यात्रुसहित रेल लैजानका लागि पाकिस्तानले भारतीय चालक र सुरक्षा गार्ड सीमामा पठाउन विकल्प समेत दिएको छ। दुई देशबीच १९७६ देखि भारतबाट दिल्लीदेखि अटारीसम्म र पाकिस्तानतर्फ लाहौरदेखि बाघासम्म रेल सञ्चालन हुँदै आएको थियो।

जम्मू काश्मिरलाई लिएर दुई देशबीच बढ्दो बिबादका बीच पाकिस्तानले भारत जाने रेल सीमामा रोकेको छ । भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले सुरक्षाको कारण देखाउँदै रेल पठाउन अस्वीकार गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले आफ्नो चालक र गार्डका साथ रेल पठाउन अस्वीकार गरेको हो। सम्झौता एक्सप्रेस नामक रेल अहिले बाघा सीमामा रोकिएको छ। पाकिस्तानी रेलमन्त्री शेख रशीदले पनि सुरक्षा चुनौतीका कारण रेल चलाउन नसकिएको उल्लेख गरेका छन्। उनले आगामी ३/४ महिना सुरक्षाको हिसाबले महत्वपूर्ण रहेको भन्दै रेल सेवालाई रोकिएको बताए। रेलमन्त्रीले सुरक्षा भनेर दुई देशको सम्भावित युद्धलाई संकेत गरेको बताइएको छ। इदमा मात्रै रेल चल्न सक्ने मन्त्री रशीदको भनाई छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...