Saturday 31st October 2026

सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला


तितोपाटी-माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीले २० साउनको चितवनस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेकोे हो ।

सोमबार दिउसो होटलको २०२ नम्बर कोठा भाडामा लिएका उनले बेलुकासम्म कोठा बाहिर नआउदा खानाको बारेमा होटलका कर्मचारी सोध्न जाँदा ढोका नखोलेपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा उनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएको थिए । यसअघि उनी न्यूज-२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...