Tuesday 28th July 2026

भारतमा बस भित्रै कम्प्युटरको पढाई


तितोपाटी- भारतको राजस्थानस्थित नागौर जिल्लामा विद्यार्थीमा कम्प्युटर शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ कम्प्युटर ल्याब भएको अत्याधुनिक मोबाइल बस निर्माण गरिएको छ ।

जिल्लाका एक सय विद्यालयमा अध्ययनरत करिब ६ हजार विद्यार्थीले यस बसमार्फत कम्प्युटर शिक्षा लिन सक्ने सूरजमल तापडिया संस्कृत महाविद्यालयका सचिव जुगल किशोर बियानीले बताए ।सूरजमल तापडिया मेमोरियल ट्रष्ट तथा सुप्रिम फाउण्डेशनको संयुक्त पहलमा कम्प्युटर ल्याब मोबाइल बस सेवा शुरु गरिएको हो । उक्त जिल्लाका ११ र १२ औँ कक्षामा अंग्रेजी, विज्ञान तथा कम्प्युटर जस्ता विषयमा विद्यार्थीका लागि ल्याब नभएकाले यस सेवाबाट ती विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।

लाडनु क्षेत्रमा १ सय ९२ सरकारी विद्यालयहरु रहेका छन् । त्यहाँ एक सय विद्यालयमा ल्याब तथा अन्य आधुनिक संसाधनको अभाव रहेको छ । कम्प्युटर ल्याब मोबाइल बस हरेक दिन तीनवटा विद्यालयमा पुग्ने छ । यसको प्रयोग सफल भएको खण्डमा बसको संख्या थपिने संस्कृत महाविद्यालयका सचिव किशोर बियानीले जानकारी दिए ।

उक्त बस निर्माणका लागि ४५ लाख भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । एसी जडित सुविधायुक्त बसमा २१ वटा कम्प्युटर छन् ।बसमा एकपटकमा २१ जना विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । विद्यार्थीलाई अध्यापन गराउन हरेक विषयको तीन–तीन शिक्षकको पनि व्यवस्था गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...