Wednesday 30th September 2026

जापान–नेपाल चिकित्सा सम्मेलन सुरु


तितोपाटी- जापान–नेपाल चिकित्सा सम्मेलन शनिबारदेखि काठमाडौँमा सुरु भएको छ । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था (जाग्राम) द्वारा काठमाडौँस्थित जापानी दूतावासको सहयोगमा दूतावासमा आयोजित सम्मेलनको मूलमन्त्र नेपालमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि जापान–नेपालमैत्री रहेको छ ।
सम्मेलनमा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरी फर्केर नेपालका विभिन्न अस्पताल तथा सङ्घ संस्थामा कार्यरत चिकित्सक तथा जापानबाट आउनुभएका जापानी चिकित्सकको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानमा अध्ययन गरेका चिकित्सकले नेपाल तथा जापानमा चिकित्सा क्षेत्रमा ठूलो योगदान दिइरहेको बताए ।

सम्मेलनमा डा. नारायणबहादुर बस्नेत र डा. ओसामु नाकागोमीले सञ्चालन गरेको कार्यक्रममा डा. यासुहीको सुजुकी, डा. रामेश्वर पोखरेल, डा. नारायण बस्नेत, डा. ओसामु नाकागोमी, डा. सुधांशु केसी तथा डा. अमित खनालले प्रस्तुति दिएका थिए । प्रस्तुत विषयमा जापान–नेपाल क्षयरोग उन्मूलन, नेपालमा बाल मृत्युदर, आधुनिक चिकित्साको प्रयोग, नेपालमा हेपाटाइटिस सीको उपचार, समुदायमा आधारित मुखको स्वास्थ्य शिक्षा आदि रहेका थिए । डा. ओसामु नाकागोमीले सञ्चालन गरेको विशेष प्रस्तुतिमा डा. वासुदेव पाण्डको प्रस्तुतीकरण थियो । यस्तै, डा. प्रवीण श्रेष्ठ र डा. साओरी काशिमा, डा. प्रकाश सायमी, डा. गोपी अर्याल, डा. योगेन्द्र पी सिंह, डा. हिरोतोमो यामानासी, डा. निर्मल पन्थी, डा. साओरी काशिमाले प्रस्तुति दिएका थिए । उनीहरुले नेपालमा क्यान्सर सर्जरी, ट्रिपल नेगेटिभ ब्रेष्ट क्यान्सर, नेपालमा भूकम्पपछि काठमाडा.ँैका अस्पतालमा क्यान्सरको उपचार, नागासाकी विश्वविद्यालयमा स्वास्थ्य शिक्षा, पल्मोनरी इम्बोलिज्म, जापान तथा विकसित राष्ट्रमा सार्वजनिक स्वास्थ्य शिक्षा आदि विषयमा प्रस्तुति दिएका थिए ।

चिकित्सकले आधुनिक चिकित्सासँगै योगलाई पनि उपचारमा प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो भने समुदायमा आधारित शिक्षामा जापानले पनि नेपालबाट सिक्न सक्ने जापानी चिकित्सकहरुले बताए । जापान नेपालमैत्री सत्रको छलफलमा जापानमा सिकेका र नेपालमा गरेका कामबारे डा. मुख्तरआलम अन्सारी, डा. नवीन बस्नेत, डा. मिलन गौतम, डा. विमला पन्थी, डा. मनोज बोहोराको प्रस्तुति रहने र विशेष प्रस्तुतिमा डा. युको ताकेदाले सञ्चालन गर्नुहुने सत्रमा डा. मासामिने जिम्वाले नेपालमा स्वास्थ्य अनुसन्धानबारे प्रस्तुति रहेको छ ।  डा. रञ्जीत बराल र डा. युको ताकेदाले सञ्चालन गर्ने प्यानेल छलफलमा डा. युको ताकेदा, डा. वसन्त पन्त, डा. तोयोको नाकागोमी, डा. एइको कानेदा र डा. प्रवीण श्रेष्ठको सहभागिता रहेको छ । समापन मन्तव्य दूतावासका मेडिकल अटाची डा. आत्सुमी शिमिजुले दिनेछन् ।  नेपालमा सर्वप्रथम भएको यस्तो सम्मेलनबाट जापानबाट पढेर आएका चिकित्सकहरुले के कस्तो अनुभव हासिल गरेका छन् भन्ने ज्ञान हुनुका साथै जापानी र नेपाली चिकित्सकबीच अनुभवको आदानप्रदान भई दुवै पक्षले सिक्ने अवसर पाउने सहभागी चिकित्सक डा. नारायणबहादुर बस्नेतले बताए । जापानमा अध्ययन गरेका ४३ जना चिकित्सक जाग्राममा आवद्व छन् ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...