Sunday 1st November 2026

छुवाछूत घटनामा पीडितलाई मिल्न दबाब


तितोपाटी- पानी छोएको निहुँमा कुटपिट गरिएको विषयमा मेलमिलाप गर्न जनप्रतिनिधि र पार्टीका स्थानीय नेताले दबाब दिएको पीडितको परिवारले गुनासो गरेका छन् ।

नारायण नगरपालिका–१०, भवानीकी ३५ वर्षीया लक्षिमा कामीलाई गत वैशाख ११ मा सार्वजनिक धारामा पानी छोएको भन्दै २४ वर्षीया राजकुमारी न्यौपानेले हँसिया प्रहार गरेकी थिइन्। लक्षिमाको टाउको, छाती, ढाडमा चोट लागेको थियो।उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो।

घटनालगत्तै जातीय विभेद मुद्दा दर्ता गराउन जाँदा राजनीतिक दलका नेता र जनप्रतिनिधिले जाहेरी रोक्न दबाब दिएको पीडितकी आमा पवित्राले बताइन्। उनले छोरीको मानसिक अवस्था कमजोर बन्दै गएको बताइन्। ‘मुद्दा मिलाउन धेरैले विभिन्न लोभलालच देखाए,’ उनले भनिन्, ‘कैद हुने अवस्था नगराइदेऊ, बरु खर्च तिराउने व्यवस्था मिलाउँछौं भन्दै पार्टीका धेरै नेता आए।’पवित्राले न्यायका लागि सबैतिरबाट असहयोग भएको दुःखेसो गरिन्।

घटना भएको ४ महिना बित्दा पनि दोषीलाई कारबाही नभएको भन्दै अधिकारकर्मीले आपत्ति जनाएका छन्। ‘जातीय विभेदमा परेकी पीडितलाई न्याय दिलाउन सरोकारवाला मौन हुनु आपत्तिजनक छ,’ अधिकारकर्मी अमर सुनारले भने। वडाध्यक्ष लोकबहादुर थापाले लक्षिमाले न्याय पाउने दाबी गरे। आरोपी राजकुमारी फरार रहेकाले खोजी र अनुसन्धानको काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

प्रतिकृयाहरू
...