Sunday 27th September 2026

एनआरएनए बहराइनमा गिरी


तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसि) बहराइनको सातौँ महाधिवेशनबाट लक्ष्मी गिरी अध्यक्षमा चुनिएकी छन् । गिरी निर्विरोध चयन भएकी हुन् ।

नवनिर्वाचित कार्यसमितिले बहराइनमा आगामी दिनमा थप सशक्त र रुपमा कामदारको हितमा काम गर्ने जनाएको छ । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, द्धितिय उपाध्यक्ष अमर श्रेष्ठ, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिवमा राजु खत्री, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य, सहकोषाध्यक्षमा देबेन्द्र गिरी, महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा तिर्थबहादुर भण्डारी रहेका छन् भने पर्यटन संयोजकमा सुशिल भण्डारी चयन भएका छन् । यस्तै चयन भएका सदस्यहरुमा दिप विक्रम राना, तिलकबहादुर कार्की, कमला सुनार विक, रविन केसी र संगीता खत्री रहेका छन् ।सो अधिवेशनमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, एनआरएनए सचिव डिबि क्षेत्री, एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदिप कार्की, दुर्गा गिरिलगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...