Sunday 1st November 2026

नेपालमा भइरहेको धर्मान्तरणविरद्ध विश्वभरीका हिन्दु एकजुट हुने


तितोपाटी- तीन बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनको संयुक्त आयोजनामा सुरु भएको दुई दिने अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।

जागौँ र उठौँ भन्ने मुख्य नारा बोकेको हिन्दु वौद्धिक नेताहरुको सम्मेलनमा मित्र राष्ट्र भारतबाट भारतीय जनता पार्टीका नेता तथा सांसद डा. सुब्रमनियम स्वामी प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा पूर्व सांसद तथा लेखक तरुण विजयसँगै भारत, बेलायत, बंगलाशेर, इण्डोनेसिया, मोरिसस्, मलेसिया, साउदी अरेयिबा लगायतबाट पाहुनाहरु सहभागी थिए ।

सम्मेलनमा संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचान भएको देश नेपालमा दिनानुदिन बढ्दै गएको धर्मान्तरण र यसले निम्त्याउने चुनौतीका बारेमा छलफल भएको थियो ।

सम्मेलनले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा मिसिनरीद्वारा बढ्दै गएको धर्मान्तरण विरुद्धमा एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।सम्मेलनले नेपालमा भइरहेको धर्मान्तरणलाई रोक्न संसारभरीका हिन्दुहरु एकजुट भई निरन्तर रुपमा नेपाललगायत विभिन्न मुलुकहरुमा हिन्दुव्त र पूर्वीय दर्शनको विषयमा रचनात्मक कार्यक्रमहरु गर्ने तथा यसै वर्ष हिन्दु युवाहरुको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै हिन्दु वौद्धिक नेताहरुको गोष्ठी मलेसियाको कोलालम्पुरमा यही वर्ष हुने र नेपाल लगायतका देशको सक्रिय सहभागीता जनाउने निर्णय पनि सम्मेलनमा भएको छ ।त्यस्तै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनकाबीचमा साझा संयुक्त कार्यक्रम गर्नका निम्ति महासंघका निमित्त अध्यक्ष प्रमोद कुमार चौरडिया र फेडेरेसनका अध्यक्ष दातु प्रदिप कुबरेजाबीच एकता प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...