Wednesday 26th August 2026

अष्ट्रेलियामा कार दुर्घटना, दुई नेपालीको मृत्यु


तितोपाटी- अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ ।

अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।कारको अगाडि सिटमा रहेका एक जना र पछाडि सिटमा बसेकी अर्की युवतीको मृत्यु भएको बताइएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको कूमा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...