Monday 29th April 2024

विश्वकप छनोटः पहिलो खेलमा नेपाल कतारसँग पराजित


तितोपाटी- आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, कम्रान खानले २२, जाहिर इब्राहिमले १२ र मुहमद तानभिरले ११ रन बनाए ।नेपालका सन्दीप लामिछानेले ३ विकेट र करण केसीले १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।।नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । यस्तै, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन बनाए ।

कतारका इकबाल हुसेनले ३, तमोर साजाद र नुमान सर्वारले २/२ तथा इनवाल हसनले १ विकेट लिए। अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...