Tuesday 28th July 2026

कलाकार सरस्वती र बुद्धको उपस्थितिमा,कुवेतमा सांगीतिक धमाका भव्यरुपमा सम्पन्न


तितोपाटी- नुवाकोट धादिङ्ग रसुवा समाज कुवेतको आयोजनामा प्रथम वार्षिक उत्सव तथा बृहत सांगीतिक धमाका २०१९ कार्यक्रम १९ जुलाई शुक्रबारको दिन कुवेतको जिलिवस्थित नट्टीन्गम हलमा चर्चित कलाकार बुद्ध लामा, र सरस्वती भुजेलको साथमा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।

अध्यक्ष राकेश मनाङथेनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी रहेका थिए भने,विशेष अतिथिमा सुमित्रा पौडेल,अमृत तामांग रहेका थिए, त्यस्तै अथितीमा कुवेतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,पत्रकारहरु,बुद्दिजिबी,समाजसेवी लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति प्रमुख अतिथी बिशेष अतिथीले सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरि उक्त कार्यक्रमलाई औपचारिक रूपमा सुरेश ग्याबा तमाङले संचालन गरेका थिए भने कार्यक्रम समंयोजक धर्म तामाङले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए। कार्यक्रममा- सुमित्रा पौडेल, नैना काला राई, अमृत तामाङ, धुर्बकुमार संग्रौला, गणेश रावत,टिका राम आचार्य, गोविन्द बराल, त्यस्तै नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमलाई स्थानिय कलाकारहरुको प्रस्तुतिले उपस्थित दर्शक हरुलाई थप मनोरन्जन प्रदान गरेको थियो ।स्थानिय कलाकारहरु सुमिन लोप्चन,नेपाल तामाङ घेदुङ कुवैतका,कलाकारको समुहित ग्रुप नृत्य,स्थानिया कलाकारहरुको स्याफ्रु नृत्य, म्हेन्दोमाया गयाक बिश्वो पासा,लाइभ म्हेन्दोमाया गीत साथै नृत्य प्रस्तुतले उपस्थित सम्पूर्ण दर्शकहरु लाई भरपुर मनोरञ्जन दिलाएको थियो।

समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई र नेपालबाट पल्नु भएका अतिथी कलाकार बुद्ध लामा र गायिका सरस्वती लामा साथै मुख्य प्रायोजन ( BEC Kuwait )लगायत कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्र सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित हुनु भइ कार्यक्रम भव्यरुपमा सम्पन्न बनाइदिनु भएकोमा, उपस्थित सम्पूर्णलाई बिशेष धन्यवाद दिदै अध्यक्ष राकेश मनाङ्ग्थेनले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...