Wednesday 20th May 2026

गैर-आवासीय नेपाली सङ्घ(NRNA): परिचय र कुवेतको परिवेश


-लोमस बास्तोला
गैर-आवासीय नेपाली संघ (एन आर एन ए) को उद्देश्य भनेको नेपाली परिचयलाई बचाई राख्नु र अझ उच्च बनाउन सहयोगी हुनु हो र नेपालीहरूको उनीहरू बसोबास गरेको देशमा पहुँच बढाउनु हो । यस संस्थाको उद्देश्य संसारभर छरिएर रहेका नेपालीहरूको नेपालसँग सेतु अर्थात् पुल को काम गर्नु हो; र नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप र आर्जन गरेको साधन र श्रोतबाट केही रूपमा आफ्नो जन्मभूमि नेपाल आमाको हितमा लगानी गर्ने अर्थात् नेपाललाई केही दिने कार्यलाई सहजता प्रदान गर्नु हो ।
स्थापना र उद्देश्य: संसारभर छरिएर रहेका नेपालीहरू र नेपाल सरकार बिच सेतु अर्थात् पुल को रूपमा काम गर्न विभिन्न कारणले विदेशमा रहेका नेपालीहरूलाई एकै छातामुनि एकजुट बनाउने उद्देश्यले अक्टोबर ११, २००३ मा गैर-आवासीय नेपाली सङ्घ (Non-Resident Nepali Association) को स्थापित भएको थियो। यो संस्थालाई गैर-आवासीय नेपाली नियम २०६४ (Non-Resident Nepali Act 2064) मार्फत नेपाल सरकारबाट कानुनी मान्यता प्राप्त छ। व्यवहारिक उद्देश्यका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (SAARC) मा सहभागी सदस्य राष्ट्रहरूमा बस्ने नेपालीहरू वा सदस्य राष्ट्रहरूमा बस्ने नेपाली मूलका व्यक्तिहरूलाई गैर-आवासीय नेपाली अर्थात् Non-Resident Nepali (एन आर एन) मानिँदैन; सार्क राष्ट्र बाहेकका देशमा रहने नेपाली वा नेपाली मूलका व्यक्तिहरूलाई मात्र एन आर एन मानिन्छ। कुवेतमा प्लस ५० डिग्री तापक्रम त छदै छ त्यहि माथि केहि दिन देखि यहाँ नेपाली समाज मा एन.आर.एन को चुनाबी माहौलले केहि तातिएको छ ।
बिगत वर्षमा “एन.आर.एन. कुवेतमा ” मा धेरै उतार-चढाव भए अगुवाहरु “आफै धामी अनि आफै झाग्री भए” ताकी कुरा धेरै भयो कामको सिन्को भाचिएको पनि नेपालीहरु बीच आभास भएन, तर पनि यो एउटा नेपाली माझ चिनिएको अन्तर्राष्ट्रिय संगठन हो त्यसैको गरिमा धान्नलाई  भए पनि यसको सदस्यता लिनु हामी बिच लगाब रहनु नै गौरब गर्ने ठाउँ हो भन्न सकिन्छ ।
गैर आवासीय नेपाली संघ कुवेतको अधिबेसन नजिकिदै गर्दा सधारण सदस्यता बन्ने सरगर्मी चढेको छ। तर यसको साधारण सदस्यता बन्ने अन्तिम मिती पनि लगभग सकियो । करीब ६०-७० हजारको नेपालीको जनसंख्या भएको कुवेतमा के-कति साधारण सदस्य बनेका छन् भन्ने अनुमान गरेको तथ्यांकले गिज्याईरहेको भान त हुन्छ नै किनकि यसको नाम अनुसार को काम नभएर सर्ब- साधारण बीच आकर्षण नभएको हो कि ? तर पनि यसको अन्तर्राष्ट्रिय स्तरको सान र मान को कदर गर्दै सदस्यता लिनु पर्छ नै ताकी विदेश हो साह्रो -गाह्रो अप्ठ्यारो पर्दा न परिवार न छिमेकी त्यसैले केहि साथ पाइयोस भन्ने आस त होनी हामी मनुवा हरुको ! तर बिडम्बना के छ , घरलाई झाडी बनाएर खाडीमा पैसा कमाउन पुगेका युवाहरुको यहाको दुरावस्था यति दयनिय छ कि त्यसले हाम्रो श्रम र पसिना कसरी खेर गईरहेको छ थाहा हुन्छ । तर यसमा दोषी को हो यदी सरकार प्रभावकारी भएको भए म्यान पावर कम्पनीहरुले सफेद झुट सम्झौता बनाएर यहा पुर्याएर गधा जस्तो श्रमिक बनाउन बाध्य पार्न सक्ने थिएनन् होला । नेपाली प्रायजसोलाई लेवरको मात्र भिसामा लगिएको छ र कम तलव दिईएको छ । लेवरको भिसामा आएर डिपार्ट अनुसार आवस्यकता परेको जुनसुकै काम लगाउदा पनि नेपाली कामदारले माथिल्लो स्केलको तलव खान पाउदैनन् केहि आपबाद लाइ छाडेर। नेपालीले काम अप्रेटरकै गरेको छ, ईन्जिनियरकै गरेको छ भने पनि उसको तलव प्लस खाना भनेर मात्रै केही बढी दिईएको हुन्छ तर पद लेवर नै हुन्छ ।
नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुठा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् । विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्मका समस्या पनि नेपाली कामदारले भोगिरहेका छन् ।
सैगरी फ्रि भिसा कामदारसँग भनिए पनि मनलाग्दी शुल्क उठाउने समस्या पनि चर्को छ । घरेलु कामदारका पनि बिभिन्न समस्या छन् छुट्टीमा घर गएर फर्किन पाएका छैनन् समस्या ग्रस्त यावत बिषयमा आवाज उठाउदै अरु संघ -संस्था साथै नेपाली दुताबाससंग हातमा हात मिलाएर अघि बढ्ने नेतृत्व एन.आर.एन.ए कुवेतलाई चाहिएको छ बिगतमा कुराहरु धेरै भए अबका दिनमा केहि मात्रामा भए पनि काम होस् भन्ने कुवेत  बासी नेपालीहरुको चाहना हो । कुनै बिबाद नभईकन  सर्व सहमतिमा नै कार्य समिति चयन होस भन्ने कुवेतबासी हामी नेपालीहरुको चाहना यथावत छ नै  “अग्रिम शुभकामना” ।

 


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...