Tuesday 27th October 2026

एनआरएन हङकङको अध्यक्ष पदमा बरिष्ठ उपाध्यक्ष निरञ्जन गुरूङको उम्मेदवारी


तितोपाटी – गैर आवासीय नेपली संघ हङकङको आगामी सन २०१९-२१ को कार्यकालको लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष निरञ्जन गुरूङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।गैर आवासीय नेपाली संघ (एन आर एन) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले इन्डिया क्लबमा जुलाई २८ मा हुने गैर आवासीय नेपाली संघ हङकङको सातौं अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन् ।

एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका निरन्जन गुरुङ आफूलाई होंग्कोंग रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छन् ।

हाल उपाध्यक्ष गुरुङ हङकङमा रहेर आफ्नो व्यापार र व्यावसाय गर्नुको साथै सन् २००५ देखि २०१९ सम्म निरन्तर गैर आवासीय नेपाली संघ हङकङमा आवद्ध भएर काम गर्दै आएका छन् । उक्त संस्थामा उनी सन् २०१५ देखि २०१७ सम्म महासचिव थिए भने सन् २०१७ देखि २०१९ सम्म अर्थात् हालसम्म वरिष्ठ उपाध्यक्षको पदभार सम्हालिरहेका छन् ।

उपाध्यक्ष पदमा रहेर काम गर्दै गर्दा उनी नेपाल भलिबल संघको भलिबल एम्बेसेडरको रुपमा विदेशी भूमिमा रहेर पनि नेपाल र हङकङबीच ३४ बर्षपछि मैत्रीपूर्ण भलिबल खेल खेलाउन सफल व्यक्तिको रुपमा परिचित छन् ।


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...