Thursday 15th October 2026

कुवेतमा फेरी अर्को एक नेपालीको मृत्यु, जुलाइ महिनामा मात्रै कुवेतमा ६ जनाको मृत्यु


तितोपाटी – कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको  कोल – ६ पद्मी गाउँका  २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो ।

हिस्को कम्पनीमा कार्यरत उनी  रात्रीकालिन डिउटी सकेर कम्पनीको क्याम्पमा आएपछि खाना खाएर विस्तारामा सुतेकोमा विस्तारामै उनको मृत्यु भएको कुरा सोही कम्पनीमा कार्यरत मिलन श्रेष्ठले तितोपाटी डट कम लाइ जानकारी दिए ।

उक्त घटनाको सम्बन्धमा नेपाली दूतावास कुवेतलाइ जानकारी गराइ सकिएको र दूतावासले विस्तृत विवरण प्राप्त भएपछि कागजी प्रकृया पुरा गरि छिट्टै शब नेपाल पठाउने जनाएको छ ।

स्मरण रहोस, जुलाइ महिनाको २ हप्ताको दर्वियानमा मात्रै कुवेतमा कार्यरत ६ जना नेपालीको विभिन्न कारणले ज्यान गैसकेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...