Sunday 16th June 2024

अछाममा निउरो खाँदा एकै परिवारका २ छोराछोरीको मृत्यु, आमा गम्भीर बिरामी


तितोपाटी – अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका छन् ।  प्रहरीका अनुसार मनिषाकाे घरमै र उनकाे दाइ रमेशकाे उपचारकाे क्रममा मृत्यु भएको हो । शुक्रबार बिहान आमाले जङ्गलबाट निउरो ल्याएपछि तरकारीको रुपमा पकाएर खाएका थिए ।

निउरो खाएपछि आमासहित उनीहरु तीनै जनामा वान्ता हुने रिंगटा लाग्नेजस्ता लक्षण देखा परेको थियो । हाल मृतकहरुका आमा ३१ वर्षीया  नरपता बोहराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिएका छन् । उनकाे न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भइरहेकाे छ ।


सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

प्रतिकृयाहरू
...