Saturday 18th April 2026

फुपुद्वारा बेचिएकी १६बर्षिय बालिकालाई कुवेत नेपाली एकता समाजले गर्यो उद्दार


तितोपाटी- आफ्नै फुपुद्वारा कुवेतमा बेचिएकी १६ बर्षिय किसोरिलाई कुवेत नेपाली एकता समाजले सकुसल उद्धार गरि गत ९ जुलाईका दिन एयर अरेबियाको उडान द्वारा नेपाल पठाएको छ।

कुवेतमा २०१४मा स्थापना भएको कुवेत नेपाली एकता समाज नेपालको राजनितिक पार्टी राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन हो।यस संगठन अाफै र कुवेतमा क्रियाशिल संघसंस्थाहरुसँग हातेमालो गर्दै सहयोग र खाश गरी उद्वारमा सक्रिय रहेको छ।

यसपटक पनि हालको जानकी गाउँपालिका तथा साविक बागिश्वरी वडा नं।२ नेपालगञ्ज घर भएकी १६ वर्षिय बालिका पुजा रावललाई उद्वार गरेर नेपाल पठाउन सफल भएको छ।उनी घरेलु कामदार दिदीबैनीको माध्यमबाट एक महिना अगाडी कुवेत नेपाली एकता समाजको सम्पर्कमा अाएकी थिइन्।

पुजासँग सोधपुछको क्रममा उनका बुवाको मृत्यु उनी सानै छँदा भइसकेको र अामाले पनि उनलाई छोडेर दोश्रो विवाह गरेपछी अाफु हजुरबुवा हजुरअामासँग बस्दै अाइरहेको बताइन्,अार्थिक अभावमा जुधिरहेको परिवारलाई सहयात्री बन्ने बहाना बनाएर एकदिन अाफ्नै फुपु पर्ने एक महिला अाएर पुजालाई मसँग पठाउनुहुन्छ भने दिल्लीमा ८/१० हजार भारतिय रुपैंयाँ कमाउन सक्ने नोकरी लगाइदिन्छु भन्दै उनको हजुरबुवासँग अनुरोध गरिछन्,तर हजुरबुवाले एउटी नातिनीलाई अाफ्नो काख छुटाएर दिल्ली पठाउन नसक्ने भनेपछी ति महिला फर्किछन्।

राती सुतेको बेलामा पुजाले धेरै सोचिछन् दिल्ली टाढा पनि होइन भन्छन् फेरी महिनामा १५/१६ हजार नेपाली रुपैंयाँ कमाउन थालें भने त मेरो परिवारको मुहार नै फेरिन्छ,त्यसपछी अर्को दिन ति महिलासँग सम्पर्क गरेर घरबाट भागेर दिल्ली पुगेपछी पो उनलाई थाहा भएछ कि अाफुलाई दिल्लीमा काम लगाइदिनुको साटो विदेश पठाउन पो ल्याइएको रहेछ।

उनलाई दिल्ली पुराउने दलालले अरु दलालको जिम्मा लगाएर नेपाल फर्केपछी दिल्लीबाट कुवेत पठाउने दलालले पुजाको उमेर नपुगेको कारण नागरिकता र राहदानी नभए पनि सिन्धुपाल्चोक ठेगाना भएको प्रिति तामाङको नामको राहदानी हातमा थमाएर १ वर्ष अगाडी मासिक ५० देखी ६० हजार तलब पाउने प्रलोभन देखाएर कुवेत बेचिदिएका रहेछन्।

पिडितलाई दिल्लीबाट जे भनेर यहाँ बेचिएको थिय‍ो त्यो अनुसार न त तलब नै थियो न त काम। उमेर नपुगेकी बालिका एकदिनमा ८ वटासम्म बच्चा हेर्नुपर्ने,केही सानो गलती भए पनि घरसाहुले शारिरिक तथा मानसिकरुपमा यातना दिने गरेको उनले बताइन्,समस्या झेल्दै जाँदा घरेलु कामदारकै माध्यमबाट कुवेत नेपाली एकता समाजको सम्पर्कमा अाएकी उनिसँग लामो अनुसन्धान गर्दा र शरिरभरी निलडाम देख्दा साँच्चीकै उनी बन्धक बनेर समस्यामा परेको खुलेपछी तत्काल संगठनका पदाधिकारीहरुको नेतृत्वमा कुवेतस्थित राजदुतावास र केही समाजसेवीहरुको सहकार्यमा पुजालाई उद्वार गरी राजदुतावासमा पुराइएको थियो।

कानुनी प्रकियामा केही समय लागे पनि उनि ९ जुलाइ २०१९को साँझ एयर अरेबियाको उडानबाट अाज बिहान काठमाण्डौ पुगिसकेकीछिन्। पुजालाई काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लिउनको लागी काठमाण्डौं मै अस्थायी निवासी निजका सह‍ोदर कान्छावुवा मोहन बहादुर रावललाई प्रबन्ध मिलाए वमोजिम अाफ्नी छोरी सकुशल नेपाल फर्काइदिएकोमा खुशी व्यक्त गर्दै सहयोगी संगठनलाई फोन मार्फत धन्यावाद दिएका छन ।

कुवेत नेपाली एकता समाजले विभिन्न जिल्लाका मानवतस्करहरुद्वारा कुवेतमा बेचिएर अत्याचारमा परेका ८ महिला र १ पुरुष गरी ९ जनालाई उद्वार गरिसकेको कुरा संगठनका प्रतिनिधीले जानकारी दिएका छन भने उक्त पिडित बालिकाको उद्वार कार्यमा सहयोग गर्नुहुने समाजसेवी व्यक्तित्व,अभिभावकिय भुमिका निभाउनुहुने नेपाली राजदुतावास,कुवेतप्रति कुवेत नेपाली एकता समाज हार्दिक धन्यावाद तथा आभार व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...