जय नारायण माझी थारू – शाक्यमुनि र सिधार्थ गौतमका वंशजहरू हुन थारु जाति । जो नेपालमा आदि अनादिकाल देखि थारुजाति नेपालको तराई क्षेत्रमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः तराई र भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । नेपालका आदिवासी ( भुमि पुत्र ) थारु जाति देशको चौथो स्थानमा जनसङ्ख्या आधारमा मुख्य जाति हो । २०६८ सालको जनगणनाअनुसार नेपालमा थारू जातिको जनसङ्ख्या १७,३७,४७० छ । थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास रहेको छ । समाजशास्त्री र इतिहासकार बताउछन , विशेषतः दक्षिणको थार मरुभूमिबाट आएको हुनाले थारू नाम रहन गएको हो । थारूहरूको बसोबास रहेको तराईको क्षेत्रलाई थरूवान वा थरुहट भन्ने चलन उहिले देखि नै हो ।थारूहरूको स्थान विशेष अलग नाम, थर, भाषा र सभ्यता छन् । थारू नामका आधारमा एउटै जाति भए पनि भाषिक र सांस्कृतिक दृष्टिकोणले एकापसमा भिन्नता रहेको पाइन्छ । मेचीदेखि महाकालीसम्म थारूहरूको पचासौं थर रहेको पाइन्छ । यीमध्ये मोरङ र सुनसरी जिल्लामा बसोवास गर्ने थारूहरूलाई मोरङ्गिया, कोशीनदीको तटमा बस्नेलाई कौशिया भनिन्छ । त्यस्तै थारुका अन्य थरहरूमा चितौनिया, लालपुरिया, डंगौरा, गच्छदार, राना, महतो, विश्वास, सुनादा, सरदार, महन्थ, वाँठ, माझी , चौधरी, तबदार, मिर्धा, खाँ, भझौरा, भगत आदि हुन् । त्यसैगरी दाङदेखि पश्चिम कञ्चनपुरसम्मका थारू जातिको थरहरूमा दहित, कुशुम्या, सतगौंवा, चमार, राना, डंगौरा, कठरिया, करिया ,मघरिया महोतो, आदि रहेको पाईन्छ ।
कला सस्कृतिक,भाषा ,पेसा, रहनसहन
थारू जाति सांस्कृतिक सम्पदाले सम्पन्न जाति हुन् । थारुहरु असङ्ख्यक परम्परा सास्कृतिक , कला , साहित्यमा समृद्ध भएको जाति हो, थारुहरुको आफ्नै शैलिको खानपान , भेषभूषा, रहनसहन , चाडपर्व , गरगहना, परम्परा मान्दछन । थारू जातिहरु विभिन्न भौगोलिक क्षेत्रअनुसार फरक–फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रीतिरिवाज आदि अँगालेको पाइन्छ । थारू जाति प्रकृतिपूजक हुन् ।
थारु जाति कुल देवता , वनदेवि , वनका अनेक प्रेतात्माहरू र देवीदेवताहरू मान्दछन् , थारु जातिको आफ्नै मौलिक लोक बाजागाजा छन जस्तै – मिरदङ, खैजडी, बहडवा बसली, झाल, सरङी, बास को नलबाट बनाएको बाजा, घुघुमुघु, ढोल( चमरहडिया) , डिगरी, हरमनिया, तवला, डुकी, नगडा, चमखोल, घुघरी, पिपही, ढोलक, लाकुरकुटा बाजा ,करताल, घ
डीघन्ट, सङख ,झाल आदि हुन! थारू जाती आफ्नै भाषाका अलावा नेपाली भाषा पनि बोल्छन , भने केहीले क्षेत्रगत रूपमा बोलीने भोजपुरी, मैथली तथा अवधि भाषा पनि बोलीरहेका हुन्छन्।
थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो ,परा पुर्व कालमा थारु जातिहरु विशेष गरी जंगलको छेउछाउमा र नदी किनारमा बस्न रुचाउँथे । जंगलको छेउछाउ बस्ने भएकाले प्रायः पशुपालन व्यवसाय गर्ने गर्दथे। र, नदी किनारमा रहेकाले कृषिमा जल स्रोतको पहुचले कृषि पेसा पनि गर्थे । थारुजातिको प्रमुख पेशा भने कृषि नै हो । तर, यस पेशा संलग्न थारू समुदाय अधिकांश भूमिहीन छन् । त्यसकारण अधिकांश थारूहरू कमैया, कमलहरीका रूपमा काम गर्नु परेको अवस्था छ । थारुहरु घरेलु काममा प्रयोग हुने सामग्रीहरू आफ्नै परम्परागत सीप प्रयोग गरी आफै तयार गर्दछन् । थारुहरु प्राकृतिक स्रोत साधनसँग अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ ।
थारु समुदायको मुख्य पर्व माघी हो ,जसलाई थारुहरु नयाँ वर्षको रूपमा मान्ने गर्दछन् । यही अवसरमा थारुहरु आफ्ना मुखिया (बरघर) चुन्ने गर्दछन् , थारुहरु परम्परागत संस्था बरघर प्रणालीमा अनुशासितरूपमा बस्ने गर्दछन् तर वर्तमान समयमा यो प्रणालि लोप हुदै गएको देखिन्छ , थारु जातिले माघी पर्वको साथै अन्य विभिन्न पर्वहरू समयानुसार मनाउँछन् । ती पर्वहरूमा विभिन्न किसिमका गीत शुर, लय र ताल मिलाई नाचगान गरी रमाउने गर्दछन्। मेचीदेखि महाकालीसम्म फैलिएका तराईका विभिन्न जिल्लामा बसोबास गर्ने थारूहरूले प्रयोग गर्ने भाषा थारू भाषा हो ।थारूहरू बिहानको खाजाहरूलाई ‘कल्वा’, दिउसोको खानालाई ‘मिन्ही’ र साँझको खानालाई ‘बेरी’ भन्छन्। थारूहरूको कुलदेवता काली भगवती, मैया र गोरैया हुन्। हरेक घरमा कुल देवता रहन्छन्। कुलदेवता रहेको ठाउँमा घरमूली नै सुत्नु पर्ने नियम छ। यिनीहरूका सामूहिक देवता ‘बरदम’ र ‘भूइहार’ हुन्
थारु जाती स्वभावले अत्यन्त सरल , इमान्दारि , उपकारि ,गुणि, परिश्रमी , स्वाभिमाणि , न्ययाशिल भएकै कारण नेपालमा रहेको जुनसुकै जात जाति सङ्ग पनि सहजै घुलमिल हुन सक्छ , थारुजातिमा बहुसङ्खक हिन्दु धर्म प्रति आस्था भएर्पनि अन्य धर्म प्रतिको आस्था राख्नेहरु सङ्ग आदरभाव सहितको भाईचारा देखाउन खुवि हुन्छन , त्यसैगरि मधेसि , मुस्लिम , पहाडि समुदाय तथा अन्य जाति सङ्ग सम्बन्ध राख्न पनि सफल भए कै छन , धेरै स्थानमा पहाडि , मधेसी , मुस्लिम दलित , र बिभिन्न धर्म सस्कृतिक को आस्था बोकेको जस्तै -हिन्दु ,मुस्लिम ,बुद्धिस्ट , इसाई धर्मवलम्बी लाई आपसि भाईचारा को सम्बन्धमा गतिशिल भर्याङ्गको जिम्मेवारि बहन गरेको छ । नेपालमा उहिले देखि उत्त्पिडनमा परेको समुदाय ,पहाडको अति बिकड बाट तराईमा बसोबास गर्न आएको समुदाय ,भारत बाट रोजगारिको लागि आएको भोका नङ्गालाई र मधेसबाट बसाई सराई गरेर आएको मधेसीलाई पहिलो सुरुक्षा र साहराको कवच उपलब्ध गराउने थारु हरु नै हुन , जब नेपालको तराई भुमिलाई बिदेशि हस्तक्षेप बाट जोगाउन आफ्नो ज्यानको आहुति दिएर बचाएको इतिहास जिवित नै छ ।
राज्यसत्ताबाट बिभेद
नेपाली समाज र देशको परिवर्तनको लागि राज्यसत्ता सङ्ग पौठेजोरी खेल्दै परिवर्तनको लागि संघर्षको मैदानमा थारू जातीले मुख्य अभिभारा निभाएकै हुन। नेपालको ब्यवस्था परिवर्तनको अभ्यास हुदै गर्दा थारु समुदायले आफुहरुलाई राजनैतिक तवरले अगाडि उभ्याउन सकेन। त्यहि कारणले अहिले पनि राज्यबाट संवैधानिक बिभेद, समाजिक बिभेद, सास्कृतिक बिभेद , शोसण, गरिबी, अशिक्षा, पहुचको कमी, बन्चितिकरण को अवस्था छ। देशमा पहिला थारु जाती समपन्न समाजमा आफनै शान शौकत गौराव मा बस्थ्यो ,तर वर्तमान समयको काल खण्डमा अशिक्षा, सोझोपन , इमान्दारीको फाईदा उठाउँदै , पहुचवालाहरु थारु जातीलाई राज्यसत्ताबाट बर्ग बन्चितको अवस्थामा पुर्याएको वर्तमान अवस्थामा थारू जातीहरूको आर्थिक तथा सामाजिक राजनैतिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो भएको छैन। अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको पाइन्छ।
पश्चिम नेपालमा व्याप्त कमैया प्रथाबाट सबभन्दा बढी थारूहरू नै पीडित थिए। तत्कालिन राजा महेन्द्रले २०२१ साल र तत्कालिन २०५८/५९ मा प्रजातान्त्रिक सरकारको नेतृत्व गरेको प्रधानमन्त्री शेर बहादुर देउवाको पाला जग्गा सम्बन्धी हतबन्धी लगाउदा सबै भन्दा धेरै मार थारु जातिले भोगेको थियो , कमैया प्रथा २०५७ साल श्रावन २ मा मुक्त गरिए पनि उनीहरूको अवस्थामा सुधार आएको छैन। अरुको घरमा छोरीहरूलाई काममा ‘कमलरी’ का रूपमा राख्ने चलन रोकिएको छैन। अन्य क्षेत्रमा पनि थारु जातीले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। देशमा भएको उपलब्धिले पाएको अन्तरिम संबिधानले दिइएको अधिकारहरुलाई २०७२ सालको संविधान घोषणा पछि पाउनु पर्ने धेरै अधिकारहरु खोसिएका छन । २०७२ सालको संविधानको प्रस्तावना सामानुपातिक जनसंख्याको अधारमा रहेका क्षेत्र निकायमा समावेशि पहुच हुनेछ तर जसरी बिगतका राजा रजौटाहरुले छल गरे, वर्तमानमा तिनीहरुको ज्वाईहरुले छल गरिएको छ । भर्खर लोकसेवामा पनि सिमान्तकृतको अधारमा दिनु पर्नेमा थारु जातीलाई बर्गकृत गरिएको छ । नेपालको न्यायपालिका निस्पक्ष नभएर केहि अवसरवादी ब्यक्तिहरुले निर्णय गराएर बन्चित गराउने खेल भएको छ । सर्वच्च अदालतको अग्राधिकार हुन्छ तर हाम्रो देशमा अहिले एकल जातिय अधिकार लादेर थारु जातिलाइ अझै ५० वर्ष पछाडि धकेलिएको छ । राष्ट्रियताको सवालमा थारु जातीलाई बिभिन्न किसिमको बिल्ला भिडाएर भारतीयको सज्ञा दिइरहेको छ । जातीय पहिचानको कुरा गर्दा वर्तमान राज्याका भरौटेहरुबाट बिखण्डनकारीको उपमा भिराइदिएको छ ।
राज्यसत्ताबाट अपेक्षा
हाम्रो देश नेपाल सङ्घिय लोकतान्त्रिक गन्तनत्रात्मक राज्य ब्यवस्था भएकोले संविधानको प्रस्तावना अनुसार थारु जातीलाई पुर्ण समावेशी सहभागिता सहित अधिकारहरु सुनिश्चिता गर्दै राज्यको हरेक अङ्गमा सम्मानजनक उपस्थिति , बहुपहिचानको आधारमा राज्यको संरचनामा छुटै थरुवान वा थरुहट परदेस , स्वास्थ्य शिक्षामा रोजगारीमा विशेष ध्यान दिदै , शैक्षिक स्तरलाई प्रवभकारि बनाएर साक्षर बनाउने , स्वास्थ्य क्षेत्रमा पनि ध्यान दिएर थारुहरु बिरामी हुँदा धामी झाँक्रीबाट उपचार गराउन पर्छ भन्ने रुढिबादी पराम्पराको अन्त्य गर्न र गराउनु पर्छ । विशेष गरि थारुहरुको बाहुल्य भएको ठाउँमा कृषि पेसालाई अङ्गालेको कृषिमा आधुनिकिकरण गरेर बिकास निर्माणको प्रथामिक योजनाहरुलाई ध्यानमा राखेर रोजगारीको अवसरहरु सृजना गरेर आत्म निर्भर बनाउनु पर्छ । अनि मात्र थारु जातीको अस्तित्व र पहिचानको जगेर्ना हुन्छ।