Sunday 27th September 2026

कतारबाट फर्केका युवाले स्वदेशमै गरे व्यवसाय सुरु


तितोपाट- रोजगारीका लागि कतारमा रहेका र कतारबाट फर्केका युवाले सामुहिक लगानीमा काठमाडौंको चावहिलमा रेस्टुरेन्ट, ट्राभल्स एजेन्सी र आयुर्वेदिक क्लिनिक सुरु गरेका छन् । बैदेशिक रोजगारमा लामो समय विताएका उनीहरुले सामुहिक लगानीमा मिमोसा मल्टिपर्पोज कम्पनी मार्फत व्यवसाय सुरु गरेका हुन् ।

“स्वदेशमै केही गर्न सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो” मिमोसा मल्टिपर्पोको उद्घाटन गर्न पुगेका हाँस्य कलाकार दिपकराज गिरीले भने, देशका अन्य स्थानहरुमा समेत यसको शाखा उपशाखा स्थापना हुन सकोस ।

बचत गरेको रकमले स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्धेश्यले नेपालमा सामुहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको र यसले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्य लिएको मल्टिपर्पोजका सञ्चालक मध्येका एक मोहन श्रेष्ठले जानकारी दिए ।

सो संस्थाले कतारको दोहामा सञ्चालन गरेका कामहरू र आगामी योजनाको बारेमा कतारमा रहेका नेपालीलाई जानकारी गराएको थियो । कार्यक्रममा डिएमआइका दिपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेयलफेयरका अध्यक्ष दिपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले ब्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...