Monday 26th October 2026

कतारबाट फर्केका युवाले स्वदेशमै गरे व्यवसाय सुरु


तितोपाट- रोजगारीका लागि कतारमा रहेका र कतारबाट फर्केका युवाले सामुहिक लगानीमा काठमाडौंको चावहिलमा रेस्टुरेन्ट, ट्राभल्स एजेन्सी र आयुर्वेदिक क्लिनिक सुरु गरेका छन् । बैदेशिक रोजगारमा लामो समय विताएका उनीहरुले सामुहिक लगानीमा मिमोसा मल्टिपर्पोज कम्पनी मार्फत व्यवसाय सुरु गरेका हुन् ।

“स्वदेशमै केही गर्न सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो” मिमोसा मल्टिपर्पोको उद्घाटन गर्न पुगेका हाँस्य कलाकार दिपकराज गिरीले भने, देशका अन्य स्थानहरुमा समेत यसको शाखा उपशाखा स्थापना हुन सकोस ।

बचत गरेको रकमले स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्धेश्यले नेपालमा सामुहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको र यसले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्य लिएको मल्टिपर्पोजका सञ्चालक मध्येका एक मोहन श्रेष्ठले जानकारी दिए ।

सो संस्थाले कतारको दोहामा सञ्चालन गरेका कामहरू र आगामी योजनाको बारेमा कतारमा रहेका नेपालीलाई जानकारी गराएको थियो । कार्यक्रममा डिएमआइका दिपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेयलफेयरका अध्यक्ष दिपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले ब्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...