Wednesday 29th July 2026

भारतको महाराष्ट्र रत्नगिरीमा बाँध भत्किँदा ७ को मृत्यु, २० बेपत्ता


तितोपाटी- भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ । भने, २० जना बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो ।

मुम्बईबाट २ सय किलोमिटर दुरीमो रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक अचानक बाढी छिरेको थियो ।जिल्लाका प्रशासनिक अधिकारीका अनुसार बाँध भत्किएको ठाउँभन्दा केही दुरीमा सात जनाको शव भेटिएको थियो ।

बीबीसी मराठी सेवाका संवाददाता जान्हवी मुलेका अनुसार नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टिम राहत र बचाउका सामाग्री, पुलिस र स्वयंसेवक प्रभावित क्षेत्रमा उद्दारमा खटिरहेका छन् ।पछिल्लो ४ दिनदेखि मुम्बईको कोन्कणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । जसको कारण मुम्बईको जनजिवन प्रभावित भएको छ । मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...