Monday 19th October 2026

भारतको महाराष्ट्र पुणेमा पर्खाल भत्किँदा १४ जनाको मृत्यु


तितोपाटी- भारत महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोन्धवामा शनिबार बिहान लगातारको वर्षाका कारण पर्खाल भत्किएको हो । ६० फिट अग्लो पर्खालले सँगै जोडिएर रहेका झुपडी पुरिँदा ठूलो क्षति भएको छ । कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएको बताइएको छ । खोजी तथा उद्धारको काम जारी छ ।

घटनामा घाइते भएकाहरुको संख्या यकिन भएको छैन । दुईजनालाई सकुशल उद्धार गरिएको समाचार संस्था एएनआईले जनाएको छ । ज्यान गुमाउनेमा चारजना बालबालिका पनि छन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...