Saturday 4th May 2024

एनआरएन कुवेतको छैटाैं महाधिवेशनको निर्वाचन आचार संहिता र कार्यतालिका प्रकाशित


तितोपाटी – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी  २ अगष्ट २०१९ शुक्रबारकाे दिन हुन गइरहेकाे छैटाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०१९ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त शिब प्रसाद कोइरालाकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो ।  कोइरालाको अलावा जय आले, नैनकला राइ, गणेश रावत र आनन्द आचार्य सदस्य रहेकाे निर्वाचन समितिले सो निर्वाचन आचार संहिता सार्वजनिक गरेको हो ।

एनआरएनले यस पटक देखि पञ्जिकृत सदस्यताको लागि अनलाइन मार्फत फाराम भर्नु पर्ने ब्यवस्था गरेको छ । पञ्जिकृति सदस्यता फारम भर्नको लागि एनअारएनएको वेवसाइट https://mero.nrna.org/ मा गएर फाराम भर्न सकिनेछ भने पञ्जिकृत सदस्यता शुल्क २ लाग्नेछ भने उम्मेदवारी दिने स्थान र उम्मेदवारी शुल्कको लागि भने पछि सूचना प्रकाशित गरिनेछ ।

आयुक्त शिब प्रसाद कोइरालाद्वारा हस्ताक्षर गरी १२ वटा वुंदामा सार्वजनिक गरिएको आचार संहितमा जनाइए अनुसारः

१. महाधिवेशनमा भाग लिन एनसिसी कुवेतले जारी गरेको पञ्जिकृत सदस्यहरुको परिचय–पत्र अनिर्वाय हुनुपर्ने छ । परिचय पत्रका साथ कुवेतको आवासीय भिषा (सिभिल आईडी÷पताका या आवासीय प्रमाण वा मेडिकल कार्ड) साथैमा हुनु पर्नेछ । यदी निर्वाचन समितिले मागेका प्रमाणहरु उपलब्ध गराउन नसकेको खण्डमा अधिवेशनमा भाग लिनबाट बञ्चित गराइने छ ।

२. कुवेतको कानूनी, प्रशासनिक र सामाजिक परिधि भित्र रही गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको महाधिवेशन गराउनु पर्ने भएकोले कार्यसमितिमा रहेका पदहरु भन्दा बढीको उम्मेदवारी परेमा निर्वाचन समितिले उम्मेदवारविच सहमतिको लागि पहल गर्ने छ । सहमतिको निचोड नआएमा चुनाव प्रकृयामा जाने छ तर यहाँको कानूनी र राजनीतिक अवस्था हेरी आवश्यक छलफल गरी निर्वाचन समितिको रोहवरमा उम्मेदवारले पुर्वकालिन समयमा एनआरएनएमा दिएको योगदानको आधारमा पदाधिकारी निर्वाचित गर्न सक्नेछ ।

३. कार्य समितिमा उम्मेदवारी दिन चाहने कुनै पनि व्यक्तिले कुवेतको कानूनी जटिलतालाई मध्यनजर गर्दै कुनै पनि सञ्चारका माध्यम वा सामाजिक सञ्जालमार्पmत उम्मेदवारी दिने, प्रचार प्रसार गर्ने जस्ता निर्वाचनलाई अतिरञ्जित गर्ने किसिमका व्यानर, फोटो वा आफ्ना भनाइ लगायतका कृयाकलाप गर्न पाइने छैन । यदि कोही कसैले उपरोक्त निषेधित कृयाकलाप गरेको पाइएमा त्यस्ता व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिनबाट बञ्चित गरिनेछ ।

४. कुनै पनि उम्मेदवारका लागि प्रस्तावक र समर्थक बस्ने व्यक्तिले उम्मेदवारी दिन पाउने छैन । साथै कुनै पनि उम्मेदवारले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने छैन । यदि प्रस्तावक वा समर्थकले उम्मेदवारी दिएको पाइएमा वा एक पदका लागि उम्मेदवार भएको व्यक्तिले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको पाइएमा प्रस्तावक र समर्थक बस्ने उम्मेदवारको उम्मेदवारी स्वत खारेज हुनेछ ।

५. कुनै पनि सदस्य तथा उम्मेदवारले कुवेतको कानून विपरीत व्यानर, पम्पेटिङ्ग, खुल्ला सभा जस्ता कार्य गर्न पाउने छैन । धर्मिक, राजनैतिक, जातयि वा क्षेत्रीय नारा प्रचार प्रसारमा ल्यउनु पाउने छैन । एक उम्मेदवारले अर्को उम्मेदवारको व्यक्तिगत चित्रण, गाली गलौच÷अपशब्द जस्ता अमानवीय कार्यहरु गरेको प्रमाणित भएमा कार्वाही स्वरुप निर्वाचन समितिले उम्मेदवारी नै वदर गर्न सक्नेछ ।

६. निर्वाचन समितिका कुनै पनि निर्वाचन सदस्यहरुले कुनै पनि पदको हक दावी गर्न पाउने छैनन् । उम्मेदवारको प्रस्तावक, समर्थक बन्न वा महाधिवेशनको अवधि भर कुनै पनि उम्मेदवारको पक्ष÷विपक्षमा वोल्न या सघाउन पाउने छैनन् ।

७. उम्मेदवारहरुले आफ्नो प्यानल खडा गरी समूहिक उम्मेदवारी दिन तथा समुहगत प्रचार गर्नलाई समेत यो आचार संहिताको उलंघन मानिने छ र निर्वाचन समितिले आवश्यक कार्वाही गर्नको साथै उम्मेदुवारीबाट समेत बन्चित गराउन सक्नेछ ।

८. कार्य समितिमा उम्मेदवारी दिन चाहने उम्मेदवारहरुको योग्यता देहाय वमोजिम हुनेछ ः राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदको उमेदवारीका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानको दफा २३.११ लागु हुनेछ । अध्यक्ष पदको उमेदवार बन्नको लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय समन्वय परिषदको सदस्य वा पदाधिकारी भै एक कार्यकाल पुरा गरेको हुनुपर्नेछ । अन्तर्राष्ट्रिय परिषदको सदस्यको हकमा कम्तीमा १ कार्यकाल पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला प्रतिनीधि) भएर कार्य गरेको हुनु पर्नेछ । अन्य कार्यकारीको हकमा कम्तीमा २ वर्ष कुवेत बसेको तथा गैर आवासीय नेपाली संघको साधारण सदस्य भएको व्यक्ति हुनु पर्नेछ ।

९. कुनै समुह वा ब्यक्तिले समुहगत रुपमा शुल्क तिरी निर्वाचनलाई प्रभाव पार्ने किसिमले पञ्जिकृत सदस्य बनाउन पाउने छैनन् ।

१०. गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष, उपाध्यक्ष्य, महासचिव, कोषाध्यक्ष लगायतका पदाधिकारी पदका लागि उम्मेदवारी दिन चाहने व्यक्तिले कुवेत स्थित अन्य संघ संस्थाको प्रमुख पदवाट पद त्याग गरि आउनु पर्नेछ । (प्रमुख पद भन्नाले अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई चिनिन्छ)

११. गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा उमेदवारी मनोनयन पछि उमेदवारको विरुद्ध गैरकानूनी तथा गैर जिम्मेवारीपूर्ण काम गरेको उजुरी आएमा साथै कुवेतको कानून विपरित कृयाकलाप भएको ठहर भएमा वा यस संघको पुर्वकालमा कुनै पनि पदमा रही बेरुजु फछ्र्यौट नभएको पाइएमा निर्वाचन समितिले निजलाई छानविन गरि प्रमाणीत भएमा उमेदवारी रद्द गर्न सक्नेछ ।

१२. उम्मेदवारी फिर्ता लिने समय समाप्त भैसकेपछि उम्मेदवारी बापत बुझाइएको शुल्क फिर्ता हुने छैन ।

त्यसै गरि निर्वाचन समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिका अनुसार
१ नयाँ सदस्यता दर्ता तथा नविकरण १९ जुलाइ २०१९ शुक्रबार राती १० बजे सम्म
२ सदस्यता नामावली सार्वजनिक २० जुलाइ २०१९ शनिबार दिउँसो १ बजे
३ उम्मेदवारहरुले उम्मेदवारी दिने २० जुलाइ २०१९ शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजे सम्म
४ उम्मेदवारहरुको प्रथम सूची प्रकाशन जुलाइ २० तारिक शनिबार राती ९ बजे
५ उम्मेदवार विरुद्ध दावी बिरोध तथा उजुरी २२ जुलाइ २०१९ सोमबार साँझ ५ बजे सम्म
६ उम्मेदवारले उम्मेदवारी फिर्ता लिने २५ जुलाइ २०१९ बिहिबार साँझ ५ बजे सम्म
७ उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन २६ जुलाइ २०१९ साँझ ५ बजे
८ छैटौं राष्ट्रिय महाधिवेशन २ अगष्ट २०१९ शुक्रबार बिहान ११ बजे देखि ५ बजे सम्म हुने छ ।

सार्वजनिक भएकाे निर्वाचन आचार संहिता र निर्वाचन कार्यतालिका जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...