Monday 27th July 2026

खाडी मुलुकमा ‘ट्याक्सी’ हाँक्ने पहिलो नेपाली महिला


तितोपाटी – चितवन भरतपुरकी मिना थापा क्षेत्री दोहाको चिल्लो सडकमा विश्वको महँगो मानिने ‘लेमोजिन’ गाडी हुइँक्याइरहेको भेटिन्छिन्। उनको काम हो, कतारी महिलालाई ट्याक्सीमा उनीहरूको गन्तव्यतर्फ लैजाने । करिव ६ वर्षअघि कतार प्रवेश गरेकी मिना अहिले यहाँ ट्याक्सी चलाउने पहिलो नेपाली महिलाको रुपमा चर्चित छिन्।

चितवनको शक्तिखोरमा २०४४ सालमा थापा परिवारको ६ छोरी र ३ छोरामध्ये कान्छी छोरीको रुपमा उनको जन्म भएको हो । मिनाको विवाह कतारमै लामो समय रोजगारी गरेका चितवनकै सहदेव खत्रीसँग भएको थियो। विवाह पूर्व उनी काठमाडौँ स्थित बौद्धमा रहेको ट्रेकिङ एजेन्सीमा काम गर्थिन्। उनको जीवनले त्यतिबेला कोल्टे फेर्यो, जब वैदेशिक रोजगारीका लागि साउदी अरब हिँडेका श्रीमानले त्रिभुवन विमानस्थलबाट फोन गरे– ‘म विदेश जान्न। घर फर्किन्छु।’

मिनाले आफ्नो श्रीमानलाई विदेश पठाउन ठूलै ऋण गरेकी थिइन। श्रीमानले अन्तिम समयमा विदेश नजाने जनाउँदिए पछि उनीसँग अर्को विकल्प थिएन। त्यतिबेला उनको काखमा २२ महिनाको छोरा हुर्किरहेको थियो । उनलाई लागेको थियो, लोग्ने विदेश गए पछि छोरासँग मज्जाले घर बस्न पाइएलारु तर, श्रीमानको अन्तिम निर्णयपछि उनको सबै सपना चकनाचुर भयो।

क्षेत्री दम्पतीसँग घर चलाउने अर्को दह्रो उपाय पनि थिएन। त्यसैले यो घटनाको १५ दिनभित्रै मिना रोजगारीका लागि मलेसिया उडिन्। मलेसियामा मिनाले ३०किलोको ‘इनगड’ एक्लै उचाल्नु पर्थ्याे। त्यो पनि दिनमा ३० वटा। दिनमा करिब १२घण्टा काम गर्ने क्रममा उनले नसोचेको दुःख पाइन्। मलेसियाबाट उनी २२ महिनापछि घर फर्किइन् तर ऋणको भारी बोकेर। श्रीमान मुटुको व्यथाबाट पीडित थिए। उनीसँग अर्को विकल्प थिएन। पुनः वैदेशिक रोजगारीका लागि विदेश जाने बाहेक।

यही सिलसिलामा ६ वर्षअघि कतार प्रवेश गरेकी उनले विगत १४ महिनादेखि दोहाको सडकमा गाडी चलाउँदै आएकी छिन्। उनको तलब २५ सय रियाल छ।उनी निकट भविष्य मा आफै ‘लेमोजिन’ किन्ने तरखरमा छिन्। करिब १४ महिना दोहाको सडकमा गाडी चलाउँदा उनको कामको तारिफ गर्ने थुप्रै कतारी तथा यहाँ काम गर्ने नेपालीहरू छन् । भिडियो यहाँ लिंकमा छ प्रतिक्रिया दिनुहोस् !


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...