Sunday 27th September 2026

मलेसियास्थित मृतक तामाङ्गको सव जिफन्ट समुहको पहलमा नेपाल पठायो


तितोपाटी – मलेसियामा आपसी झगडाका क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका एक नेपालीको शव जिफन्ट सहयोग समुहको पहलमा नेपाल पठाइएको छ । धादिङको गुम्दी १ का कालु बहादुर तामाङको गत मे १७ तारिकको दिन उपचारकै क्रममा ईपोस्थीत स्थानीय एक अस्पतालमा मृत्यु भएको थियो ।

अवैधानिक रुपमा मलेसियामा बस्दै आएका तामाङको शव नेपाल पठाउन ठूलो रकम लाग्ने र परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले जिफन्ट सहयोग समुह, मलेसियाले चन्दा संकलन गरी उनको शव नेपाल पठाएको हो ।

जिफन्ट सहयोग समुह, मलेसियाका अध्यक्ष प्रेम मगरका अनुसार उनको शव नेपाल पठाउन जिफन्ट सपोर्ट ग्रुप मलेसियाको क्षेत्रीय कमिटी इपोका प्रतिनिधिहरु बासुदेव चौधरी, क्षेत्रराज घिसिङ लगायतको अगुवाईमा सम्भव भएको हो ।

तामाङको शव नेपाल पठाउन ३ हजार ८ सय रिंगिट तथा अस्पतालमा उपचार खर्च वापत ४ सय रिंगिट गरी ४ हजार २ सय रिंगिट(झण्डै रु. १ लाख १० हजार) रकम जिफन्टका ईपोस्थीत क्षेत्रीय कमिटीका अगुवाहरुले संकलन गरेका थिए ।

ईपोस्थीत एक कम्पनीमा कार्यरत तामाङको कम्पनीमा काम सकेर होटलमा खाना खान गएको समयमा सोही होटलमा अन्य नेपालीसँग झगडा भएको थियो । सोही क्रममा कुटपीटबाट घाइते भएका तामाङको स्थानीय अस्पतालमा उपचार गरिएपनि उनलाई बचाउन नसकिएको हो । मृतक तामाङको शव असार ६ गते शुक्रवार अपरान्ह नेपाल पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...