Sunday 27th September 2026

ओमानद्वारा नेपाली डाक्टर र नर्सलाइ ओमानमा रोजगारीको प्रस्ताव


तितोपाटी – ओमानले नेपाल र ओमान बिच श्रम समझदारी हुने तयारी हुँदै गर्दा ओमानले नेपालका डाक्टर र नर्सको माग गरेको छ । । ओमानस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेका हुन् ।

राजदूतसँगको भेटमा मन्त्री सादले नेपाली डाक्टर र नर्सहरू ओमानले लिन चाहेको बताउँदै त्यसको लागि नेपाली राजदूतावास ओमानले सहजीकरण गरिदिन अाग्रह गरेको बताइएको छ । अहिले ओमनले भारत लगायतका देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको छ। मन्त्री सादीले नेपालबाट डाक्टर र नर्सहरूलाइ सेवा लिन चाहेको बताउँदै नेपाल पनि ओमानको लागि श्रोत देश बन्न सकोस  भन्ने इच्छा ब्यक्त गर्दै नेपाल र ओमानसँग स्वास्थ्य क्षेत्रबाट पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताएका छन्। मन्त्री सादीले स्वास्थ्य र त्यस सम्बन्धी प्रविधि साटासाट र अनुभव आदानप्रदान गर्ने चाहेको कुरा पनि राजदूत पराजुलीसँगको भेटघाटमा बताएको बुझिएको छ।

जवाफमा राजदूत पराजुलीले जिटुजीमार्फत नेपाली डाक्टर र नर्सहरु ओमन ल्याउन सकिने बताइएकी थिइन्। नेपाल र ओमानबीच छिट्टै श्रम समझदारी हुदैँछ। कतिपय विषय त्यसमा नै समेट्न पनि सकिने राजदुत पराजुलीले बताएकी बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव…

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…

प्रतिकृयाहरू
...