Monday 27th July 2026

भारतमा रेलबाट खसेर एक नेपालीको मृत्यु


तितोपाटी- भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउका ३० बर्षिय मोहन परियारको भारत गुजरातको वापिबाट महाराष्ट्रको मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर ज्यान गएको हो ।

रेलबाट खसेका मोहनको घटनास्थलमै ज्यान गएका त्यहाँ रहेका उनका आफन्त कमल रावलले जानकारी दिए । शनिवार राति उनी घरबाट गएकी श्रीमतीलाई लिन बापीबाट मुम्बई जाँदै गरेको अवस्थामा रेलबाट खसेका थिए ।

गुजरातको वापीमा काम गर्दै आएका मोहन अछामबाट आफन्तसँग महाराष्ट्रको ठानेसम्म पुगेकी श्रीमति डुप्की परियारलाई लिनको लागि रेल यात्रा गर्दै त्यहाँ गइरहेका थिए । घरबाट पुगेकी श्रीमती डुप्की परियार भेट्न नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उनको मृत्यु भएको हो ।

९ बर्षदेखि भारतमा काम गर्दै आएका मोहन पछिल्लो पटक २ बर्षदेखि निरन्तर भारतमै रहेका थिए । श्रीमती भेट्न र औषधि उपचार गर्न भारत गएकी थिइन् । बिहे गरेको ७ बर्ष भएको र बच्चा नभएको कारण श्रीमतीलाई उपचार गर्न र केही समय भारतमै बस्ने गरी मोहनले बोलाएका थिए ।

तर, श्रीमति डुप्कीले श्रीमान् मोहनलाई भेट्न नै नपाई मोहनले धर्ति छोडेका छन् । भारतको पालघरमा पोष्टमार्टम भएपछि आफन्तले शव बुझेर आज दाहसंस्कार गरिएको उनका भाई प्रबिण विकले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणपछि इरानले कीभविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको जारी द्वन्द्वका बीच कठिन निर्णयको सामना गरिरहेका छन्। १३ दिनसम्म लगातार हवाई आक्रमण गरेपछि अमेरिकाले…

प्रतिकृयाहरू
...