Wednesday 19th August 2026

काठमाण्डाैंको घट्टेकुलो र सुकेधारामा बिष्फोट हुँदा ३ को मृत्यु, ७ घाइते


तितोपाटी – राजधानीको घट्टेकुलो र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो।

आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार मृतककाे सनाखत हुन सकेकाे छैन्।

अनामनगरमा ६ जना र सुकेधारामा ४ जना घाइते भएकाे र उनीहरूकाे ओम अस्पतालमा उपचार भइरहेकाे प्रवक्ता पाेखरेलले बताए।

अनामनगरमा घरको कोठाभित्र बिस्फोट भएको थियो। अहिले घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकाे छ। स्थानीयका अनुसार ठूलो आवाजको विस्फोटका कारण नजिकैका घरका सिसासमेत फुटेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...