Monday 26th October 2026

काठमाण्डाैंको घट्टेकुलो र सुकेधारामा बिष्फोट हुँदा ३ को मृत्यु, ७ घाइते


तितोपाटी – राजधानीको घट्टेकुलो र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो।

आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार मृतककाे सनाखत हुन सकेकाे छैन्।

अनामनगरमा ६ जना र सुकेधारामा ४ जना घाइते भएकाे र उनीहरूकाे ओम अस्पतालमा उपचार भइरहेकाे प्रवक्ता पाेखरेलले बताए।

अनामनगरमा घरको कोठाभित्र बिस्फोट भएको थियो। अहिले घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकाे छ। स्थानीयका अनुसार ठूलो आवाजको विस्फोटका कारण नजिकैका घरका सिसासमेत फुटेको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...