Wednesday 8th May 2024

विश्व कीर्तिमानी कामीरिता शेर्पाले एकै हप्ता भित्र मै २ पटक सगरमाथा चढि रेकर्ड २४ पुर्याए


तितोपाटी – विश्व कीर्तिमानी कामीरिता शेर्पाले एकै हप्ता भित्र मै २ पटक सगरमाथा चढि रेकर्ड २४ पुर्याएका छन् । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। आज मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्।

उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्।

यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ।

#सगरमाथा_अारोहण #कामीरिता_शेर्पा


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...