Friday 2nd October 2026

काँकडभिटा-काठमाण्डाैंको रात्रीबस त्रिसुलीमा खस्दा ५ जनाको मृत्यु, २९ घाइते


तितोपाटी – काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको उक्त बस आज बिहान त्रिसुलीमा खसेको हो ।

प्रहरीकाे अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हाे ।मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको बुझिएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।

दुर्घटनाको कारणले भन्ने खुल्न नसकेको धादिङका प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभरका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले शिक्षा क्षेत्रको कमजोर अवस्था र सरकारी बजेटको विरोधमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा विद्यालयमा आगजनी,…

दक्षिण अफ्रिकामा एक साताभित्र भएका पाँच वटा गोलीकाण्डमा कम्तीमा ४६ जनाको मृत्यु भएपछि देशमा बढ्दो बन्दुक हिंसाप्रति चिन्ता बढेको छ।…

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका न्यायाधीशहरूको कार्यशैली तथा महत्वाकांक्षामाथि गम्भीर टिप्पणी गरेका छन्। गिद्धे प्रेस मार्फत…

प्रतिकृयाहरू
...