Sunday 25th October 2026

जापानमा बिहुँका कँडेलको हृदयघातबाट मृत्यु


तितोपाटी- जापानमा एक नेपाली युवाको हृदयघातको कारण मृत्यु भएको छ । बिहुँ ५ लाम्खु निबासी बर्ष ५३ का हितराज कँडेल ह्रदयघातका कारण मृत्यु भएको हो ।

कँडेल श्रीमती र ३ छोराहरु सहित खावागोयमा बस्दै आएका थिए । हाल काठेखोला गाउँपालिका ५ निवासी कंडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न थिए । बिगत १० वर्षदेखि जापानमा बस्दै आएका कँडेलको हिजो हृदयघातबाट मृत्यु भएको हो ।

मृतक कँडेलको भोलि मंगलवार अन्त्येष्टि गरिने बिहुकोट समाज जापानले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...