Friday 25th September 2026

नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा नयाँ नियम लागू


तितोपाटी- अष्ट्रेलियामा नेपाली विद्यार्थीका लागि नयाँ नियम लागू भएको छ ।

अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नु पर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।

अष्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या अत्यधिक रहेको भन्दै विद्यार्थी संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरुको भविष्यलाई सुरक्षित राख्नका लागि यो नियम लागु गरिएको सूचनामा जनाइएको छ । प्राविधिक शिक्षा अन्तरगत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्टि्फिकेट तीन र चार लगायतका प्राविधिक तहका विषयहरु पर्दछन् ।

जारी गरिएको सूचनामा नेपाल विश्वको ४७औं ठुलो जनसंख्या भएको देश भएपनि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्यामा तेस्रो रहेको उल्लेख गरिएको छ ।

प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई मात्र लक्षित गरिएको यो परिवर्तनले उच्चशिक्षा (ब्याचलर्स, मास्टर्स र सो भन्दा माथिका) विषय अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भने असर नगर्ने समेत जनाइएको छ ।

पछिल्लो समयमा नेपालीहरु नर्सिङ, एकाउन्टिङ, बिजनेस लगायतका डिप्लोमा तहका विषयहरु अध्ययन गर्न आउने क्रम बढेको छ ।

सिड्नीका परामर्शदाता संजीव पाण्डेले यो नियम परिवर्तनले मुख्य गरेर नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेहरुका लागि कठिन हुने बताए ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...