Sunday 25th October 2026

नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा नयाँ नियम लागू


तितोपाटी- अष्ट्रेलियामा नेपाली विद्यार्थीका लागि नयाँ नियम लागू भएको छ ।

अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नु पर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।

अष्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या अत्यधिक रहेको भन्दै विद्यार्थी संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरुको भविष्यलाई सुरक्षित राख्नका लागि यो नियम लागु गरिएको सूचनामा जनाइएको छ । प्राविधिक शिक्षा अन्तरगत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्टि्फिकेट तीन र चार लगायतका प्राविधिक तहका विषयहरु पर्दछन् ।

जारी गरिएको सूचनामा नेपाल विश्वको ४७औं ठुलो जनसंख्या भएको देश भएपनि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्यामा तेस्रो रहेको उल्लेख गरिएको छ ।

प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई मात्र लक्षित गरिएको यो परिवर्तनले उच्चशिक्षा (ब्याचलर्स, मास्टर्स र सो भन्दा माथिका) विषय अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भने असर नगर्ने समेत जनाइएको छ ।

पछिल्लो समयमा नेपालीहरु नर्सिङ, एकाउन्टिङ, बिजनेस लगायतका डिप्लोमा तहका विषयहरु अध्ययन गर्न आउने क्रम बढेको छ ।

सिड्नीका परामर्शदाता संजीव पाण्डेले यो नियम परिवर्तनले मुख्य गरेर नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेहरुका लागि कठिन हुने बताए ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...