Thursday 2nd May 2024

हुम्लामा अज्ञात रोगको कारण १० को मृत्यु


तितोपाटी – हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ।

यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो । आज मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा रहेका छन्। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा र वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा सहित सोमबात बिहान सम्म मर्नेको संख्या १० पुगेको छ। बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्यचौकीका अहेब जैशीले जानकारी दिए। चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको थियो।

पछिल्लो ३ सातामा रुघाखोकीले ९ जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा हिँजो आइतबार नेपाली सेनाको हेलिकोप्टरमा चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाएको थियो ।टोलीले आइतबार पहिलो दिन मैला स्वास्थ्यचौकीमै बसेर उपचार गरेका थिए, जहाँ १ सय ३२ बिरामी आएका थिए । टोलीले अाज सोमबार देखि फरक फरक टिम बनाएर गाउँ गाउँमा गएर विरामीको उपचार गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...