Sunday 25th October 2026

यूएईका एनआरएन अध्यक्ष धुर्मुस–सुन्तलीको कार्यक्रमबाट पक्राउ


तितोपाटी- गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ दुबईमा पक्राउ परेका छन् ।

दुबईको प्रहरीले क्रबार दुबईमा आयोजित धुर्मुस–सुन्तली साँझको कार्यक्रम स्थलबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।

चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको प्रहरीको जिम्मा लगाएका थिए ।

श्रेष्ठ पक्राउ परे लगत्तै युएईका नेपाली व्यवसायी शंकर श्रेष्ठले रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको फोन मार्फत बताएका छन् ।

व्यवसायिक लेनदेनमा आफूले पाउनुपर्ने रकम नपाएपछि श्रेष्ठविरुद्ध स्थानीय प्रशासनमार्फत अदालतमा मुद्दा दायर गरेको शंकर श्रेष्ठले बताएका छन् ।

आफूले पाउनु पर्ने ६० हजार दिर्हाम नदिएकाले उनीविरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

व्यवसायिक साझेदारी गरिरहेका शंकर र रमेश श्रेष्ठबीच लामो समयदेखि लेनदेन विषयमा विवाद थियो ।

युएईमा रहेर व्यवसाय गर्दै आएका एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ जिसिडी ह्युमन रिसोर्स एन्ड म्यानेजमेन्ट कन्सल्टेसीका प्रबन्धक निर्देशक हुन् ।

शंकर र रमेशले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...