Sunday 25th October 2026

कतारका लागि नेपाली राजदूत कोइराला फिर्ता बोलाइए


तितोपाटी- सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ ।

मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए ।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले काँग्रेसको कोटाबाट नियुक्त गरेको थियो।

राजदूत कोइराला विभिन्न काण्डमा मुछिएका थिए । उनी घुस प्रकरणमा पनि मुछिएका समाचार सार्वजनिक भएका थिए ।

नेपालमा कतारको भिसा सेन्टर स्थापनाका लागि राजदूतको हिसाबमा आफूले सकारात्मक भूमिका खेल्ने भन्दै चार लाख डलर अर्थात चार करोड भन्दा बढी नेपाली रूपैयाँ घुस वापत बुझेको समाचार सार्वजनिक भएका थिए ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारले राम्रै कामका लागि उनलाई फिर्ता बोलाएको भन्दै थप प्रश्न नगर्न आग्रह गरे ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...