Friday 25th September 2026

युएइमा एउटै कम्पनीमा काम गर्ने एक नेपालीद्वारा अर्को एक नेपालीको छुरा प्रहार गरि हत्या


तितोपाटी – युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए । उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो ।

आ-आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् । शनिवार सार्वजनिक विदा भएकाले थप विवरण आउन नसकेको र आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने उनले जानकारी दिइन् ।

युएईमा गत असोजमा एक नेपाली महिलाले ४ जना नेपाली महिलामाथि छुरा प्रहार गरेकी थिइन् । एकजनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...