Friday 24th July 2026

नेपालले “नेपाली स्याट- १” नामक पहिलो भू-उपग्रह अन्तरिक्षमा पठायो


तितोपाटी – नेपालको पहिलो नेपाली स्याट- १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ।

उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निर्माण गरेका हुन। स्याटेलाइट जापानको बर्ड – ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ। स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ। यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फर्काइने उल्लेख छ। त्यही स्याटेलाइट नेपालको पहिलो स्याटलाइट हुनेछ। अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।

भू-उपग्रह प्रक्षेपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्दबहादुर पुनले खुसी व्यक्त गरेका छन्। उनले यो कार्यले नेपाललाई समृद्धितर्फ धकेलेको बताएका छन्। ‘आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ’, उनले भने, ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।’

उपराष्ट्रपति पुनले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान २:३१ बजे नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाएकोमा खुशी भएको बताएका छन्। उनले भने, ‘नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ। सानै प्रयास भए पनि अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको कुरा हो।’ उनले यो नेपालको गौरवको कुरा भएको बताउँदै समग्र नेपालीलाई बधाइ दिएका छन्। प्रक्षेपण पूर्ण सफल हुने अपेक्षा रहेको बताउँदै उनले प्रक्षेपण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) र नेपाली वैज्ञानिकहरुलाई धन्यवाद दिएका छन्।


सम्बन्धित शीर्षकहरु

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

प्रतिकृयाहरू
...